साविक विजेता जर्मनी विश्व कपबाट बाहिरियो "स्विडेन र मेक्सिको अन्तिम १६ मा "
"स्विडेन र मेक्सिको अन्तिम १६ मा "
प्रकाशित मिति : २०७५, १३ असार बुधबार २१:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया, काजान, १३ असार । छनोटका लागि जित्दै पर्ने खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि साविक विजेता जर्मनी विश्व कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले दुवै गोल इन्जुरी समयमा गरेको छ ।
Advertisement
समूह एफको अर्को खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै स्विडेन समूह विजेताका रुपमा नकआउट चरणमा पुगेको छ । स्वीडेनसँग पराजित भएपनि अघिल्ला दुई खेलको जितका कारण मेक्सिको समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ ।
३ खेलपछि स्विडेन र मेक्सिको समान ६ अंक छ । गोलअन्तरमा स्विडेन शीर्षस्थान र मेक्सिको दोस्रो स्थानमा रह्यो । प्रतियोगिताबाट बाहिरिएका दक्षिण कोरिया र जर्मनीको समान ३ अंक छ । जर्मनीले समूहको पुछारमा रहँदै विश्व कपको अन्त्य गरेको छ ।
दुवै खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै स्वीडेनले मेक्सिको माथि जित दर्ता गरेको थियो । लोडविग अगस्टिन्सनले ५० औं मिनेटमा गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए भने आन्द्रेस ग्रान्कभिस्टले ६२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । एडसन अल्भारेजको आत्मघाती गोलमा स्विडेनको गोलअन्तर थ फराकिलो बनेको थियो ।