पहिलो हाफमा ब्राजिल र स्विट्जरल्यान्डको अग्रता
प्रकाशित मिति : २०७५, १४ असार बिहीबार ००:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया, १४ असार । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ई को खेलमा ब्राजिलले अग्रता बनाएको छ । ब्राजिलले सर्बियामाथि १–० गोलको अग्रता बनाएको हो ।
Advertisement
ब्राजिललाई अग्रता दिलाउने क्रममा पौलिन्होले खेलको ३६औं मिनेटमा गोल गरे । उनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएसँगै सर्बिया दबाबमा आएको छ ।
त्यस्तै, यो समूहकै अर्को खेलमा स्वीट्जरल्यान्डले अग्रता बनाएको छ । स्वीट्जरल्यान्डले कोष्टारिकामाथि १–० गोलको अग्रता बनाएको हो ।
ब्राजिल र सर्बियाबीचको खेल रसियाको राजधानी मस्कोस्थित स्पार्टक रंगशालामा भई रहेको छ । विश्वकपको नकआउट चरणमा पुग्नका लागि आजको खेलमा ब्राजिलले बराबरी खेलेपनि पुग्ने छ । ब्राजिलले सर्बियालाई पराजित गरेको खण्डमा समूह विजेता बन्ने पक्का जस्तै छ । तर ब्राजिल पराजित भएमा विश्वकपको समूह चरणबाटै बाहिरिने छ ।