ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा, स्वीट्जरल्यान्ड उपविजेता
प्रकाशित मिति : २०७५, १४ असार बिहीबार ०१:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया, १४ असार । समूह ‘इ’को भर्खरै सम्पन्न खेलमा ब्राजिलले सर्वियालाई २ गोलले पराजीत गरेको छ।
Advertisement
एक खेलमा बराबरी र एकमा जीत निकालेको ब्राजिल आजको खेलमा जीत वा न्यूनतम बराबरीको लक्ष्यका साथ मैदान छिरेको थियो भने सर्विया अनिवार्य जित निकाल्नै पर्ने अवस्था मैदान छिरेको थियो।
खेलको अधिकाशं समय बललाई आफ्नो नियन्त्रणमा राखेको ब्राजिलले पहिलो गोल खेलको पहिलो हाफको ३६ औं मिनेटमा गरेको थियो। ब्राजिलका लागि सो गोल मिलफिल्डर पाहुलिनोले गरेका थिए। उनले कान्टिनोबाट प्राप्त पासलाई सफ्ट टच गरेर सर्वियाका गोल रक्षकलाई नघाउँदै बललाई जाली चुमाएका थिए।
पहिलो हाफमा १-० ले अगाडी रहेको ब्राजिलले आफ्नो अग्रतालाई दोश्रो हाफमा दोब्बर पार्यो। ब्राजिलका लागि दोश्रो गोल खेलको ६८ औं मिनेटमा थियागो सिल्भाले गरेका हुन्।अर्को खेलमा भने स्वीट्जरल्यान्ड कोष्टारिकासँग बराबरीमा रोकिएपनि नकआउट चरणमा प्रवेश गरेको हो।