इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता
प्रकाशित मिति : २०७५, १५ असार शुक्रबार ०८:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१५ असार(एजेन्सी) ।इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता बनेको छ । एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा शतप्रतिशत नजिता निकाल्न सफल भएको हो । उनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए ।
Advertisement
समूह विजेताको छिनोफानोका रुपमा रहेको खेलमा दुवै टोलीले पहिलो रोजाइमा व्यापक परिवर्तन गरेका थिए । समूह विजेता बेल्जियमले अब प्रिक्वार्टरफाइनलमा जापानसँग र उपविजेता इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ । समूह ‘एच’बाट कोलम्बिया समूह विजेता र जापान उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए ।
समूह ‘जी’कै अर्को अर्थहिन खेलमा ट्युनेसियाले पानामालाई २–१ ले हराएको थियो । पहिलो हाफमा आत्मघाती गोलबाट पछि परेको ट्युनेसियाले दोस्रो हाफमा खेल उल्टाएको थियो । ३३ औं मिनेटमा यासि मेरिहको आत्मघाती गोलमा पानामाले खेलमा अग्रता लिएको थियो ।
५१ औं मिनेटमा फक्रिदिने बेन युसुफलेले बराबरी गोल गरेका थिए । ६६ औं मिनेटमा वाहेबी खाजरीले गोल गर्दै ट्युनिसियालाई अग्रता दिलाएका थिए । पानामा र ट्युनेसिया यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
यसअघि बेल्जियमले पानामालाई ३–० र ट्युनिसियालाई ५–२ ले हराएको थियो । ट्युनेसियालाई २–१ ले हराएको इङ्ल्यान्डले पानामालाई ६–१ ले हराएको थियो । समूह चरणको समाप्तीमा बेल्जियमको ९, इङ्ल्यान्डको ६, ट्युनेसियाको ३ अंक रह्यो भने पानामाले अंक जोड्न सकेन ।
जापान र कोलम्बिया प्रिक़्वाटर फाईनलमा
समूह चरणको अन्तिम खेलमा पोल्यान्डसँग पराजित भएपनि जापान अन्तिम १६ मा पुगेको छ । पोल्यान्डसँग १–० ले खेल गुमाएपनि अर्को खेलमा कोलम्बियाले सेनेगललाई १–० ले हराएपछि जापानको प्रि क्वार्टरफाइनल यात्रा निश्चित भएको थियो ।
कोलम्बिया ६ अंकसहित समूह एचको विजेता बन्दा समान ४ अंक भएपनि जापान समूह उपविजेता रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।जापान र सेनेगलले ३ खेलमा बराबरी ४ अंक, बराबरी ४ गोल गरेर तथा बराबरी ४ गोल खाएपछि फेयर प्लेका आधारमा जापान अगाडि बढेको हो। जापानले ३ खेलमा ४ वटा पहेलो कार्ड पाउँदा सेनेगलले भने ६ वटा पहेलो कार्डको दर्शन गर्नुपरेको थियो।
बराबरी गरे पुग्ने खेल गुमाएसँगै सेनेगल यसपटक विश्व कपको समूह चरणबाट बाहिरिने १६ औं टोली बनेको छ । प्रतिष्ठाका रुपमा रहेको खेलमा पोल्यान्डका लागि जान बेन्डनारेकले ५९ औं मिनेटमा गोल गरेका थिए ।
अर्को खेलमा ७४ औं मिनेटमा यरी मिनाले गरेको गोलमा कोलम्बियाको जित मात्र होइन प्रि क्वार्टरफाइनलको यात्रा निश्चित भएको थियो । कर्नरमा आएको बलमा मिनाले हेडमार्फत गोल गरेका थिए । यसअघि पोल्यान्डलाई ३–० ले हराउँदा पनि मिनाले पहिलो गोल गरेका थिए ।
पहिलो खेलमा जापानसँग २–१ स्तब्ध भएपछि दबाबमा रहेको कोलम्बिया अर्को खेलमा पोल्यान्डलाई हराउँदै प्रतिस्पर्धामा फर्केको थियो । पोल्यान्डलाई २–१ ले हराउँदै सुखद सुरुवात गरेको सेनेगल जापानसँगको दोस्रो खेलमा २–२ को बराबरीमा रोकिएको थियो ।
समूह चरणको खेल सकिदा कोलम्बियाको ६, जापान र सेनेगलको समान ४ र पोल्यान्डको ३ अंक रह्यो ।