अर्जेन्टिनालार्इ ४-३ गोलले हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश
प्रकाशित मिति : २०७५, १६ असार शनिबार २१:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मस्को, १६ असार (एजेन्सी) । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। उपाधिको बलियो दाबेदार अर्जेन्टिनलाई ४-३ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम ८ मा प्रवेश गरेको हो।
Advertisement
खेलको १३औं मिनेटमा इन्टोइनी ग्रिज्म्यानले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए । मार्कुस रोजोले आफ्नो डिबक्सभित्र बाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट ग्रिज्म्यानले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । अर्जेन्टिनाका एन्जल डि मारियाले उत्कृष्ट गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । उनले खेलको ४१औं मिनेटमा डिबक्स बाहिरदेखि प्रहार गरेको बल गोलमा परिणत गरेका थिए ।
पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा फ्रान्सले ३ गोल गर्दा अर्जेन्टिनाले भने २ गोल मात्रै गर्न सक्यो ।
खेलको ५७औं मिनेटमा फ्रान्सले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्याएको थियो । फ्रान्सका लागि बेन्जामिन पभार्डले गोल गर्दै फ्रान्सलाई बराबरीमा पुर्याएका थिए । त्यसको ७ मिनेटपछि अर्को गोल गर्दै फ्रान्सले ३–२ गोलको अग्रता बनाएको हो । यो पटक भने फ्रान्सका एमबाप्पेले गोल गर्दै ३–२ गोलको अग्रता दिलाएका थिए । एमबाप्पेले खेलको ६८औं मिनेटमा अर्को गोल गर्दै ४–२ गोलको अग्रता दिलाएका थिए । फ्रान्सले ११ मिनेटभित्र ३ गोल गरेको थियो ।
खेलको अतिरिक्त समयमा अर्जेन्टिनाले गोल गर्दै ४–३ गोलको अवस्थामा पुर्याएपनि फ्रान्सलाई रोक्न भने सकेन । अर्जेन्टिनाका लागि सर्जियो अगुएरोले गोल गरेका थिए ।
फ्रान्ससँग पराजित हुदै अर्जेन्टिना विश्वकप फुटबलदेखि बाहिरिएको छ ।