६२ प्रतिशतले टिभीमा हेर्छन् विश्वकप
प्रकाशित मिति : २०७५, १९ असार मंगलवार १६:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं , १९ असार -विश्वकप फुटबल हेर्न अहिले पनि धेरैले टिभी नै प्रयोग गर्छन् । स्टाटिस्टाको रिपोर्टअनुसार स्मार्टफोन तथा भिडियो स्ट्रिमिङ सुविधा उपलब्ध भए पनि अहिले पनि ६२ प्रतिशतले टिभीमै विश्वकप हेरिरहेका छन् ।
विश्वका २५ प्रतिशत व्यक्तिले इन्टरनेट प्रयोग गरी विश्वकप हेर्छन् भने अहिले पनि ६ प्रतिशतले रेडियोमा कमेन्ट्री सुनेर चित्त बुझाइरहेका छन् । मोबाइलमा १३ प्रतिशत तथा ट्याब्लेटमा ८ प्रतिशतले विश्वकप हेर्छन् ।
यो अनलाइन सर्वेक्षणमा विश्वका २७ देशका १२ हजार २ सय ७ व्यक्ति सम्मिलित थिए । सन् २०१४ को विश्वकप ३ अर्ब २० करोड व्यक्तिले टिभीमा हेरेका थिए ।