बिश्वकप २०१८ मा इंग्ल्यान्ड र क्रोएसिया सेमीफाईनलमा प्रबेश "सेमीफाईनलमा फ्रान्स र बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया खेल्ने "
"सेमीफाईनलमा फ्रान्स र बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया खेल्ने "
प्रकाशित मिति : २०७५, २४ असार आईतवार ०६:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२४ असार(एजेन्सी)।विश्वकप २०१८ को तेस्रो क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले स्विडेनलाई २-० ले हराएको छ । यस जितसंगै इंग्ल्यान्डले सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित पनि गरेको छ ।
Advertisement
इंग्ल्यान्डका लागि ३० औं मिनेटमा ह्यारी म्याग्वाएरले एस्ली योङको कर्नरमा हेडिङ गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा रहिम स्टेर्लिङले इंग्ल्यान्डको अग्रता दोब्बर पार्ने मौका गुमाएका पनि थिए।
दोस्रो हाफमा भने इंग्ल्यान्डले फेरी गोल गर्दै जित सुनिश्चित गरेको हो । जेसे लिन्गार्डको क्रसमा डेले अलिले हेडिङ गर्दै स्कोर २-० पारे र स्विडेनलाई निराश बनाए । समूह ‘जी’ को उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको इंग्ल्यान्डले प्रि-क्वाटरफाइनलमा कोलम्बियालाई पेनाल्टीमा हराउन सफल भएको थियो ।
क्रोएसिया बिरुद्द रसिया( २-२) ४-३ गोल
टाइब्रेकरमा भाग्यशाली रहँदै क्रोएसिया रसियामा जारी विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । दुवै गोलकिपरले एक एक पेनाल्टी रोकेपनि रसियाका लागि थप समयमा बराबरी गोल गर्ने मारियो फर्नान्डेजले टाइब्रेकरमा गोल गर्न नसक्नुनै अन्ततः निर्णायक बन्यो ।
क्रोएसियाका गोलकिपर डानिजे सुवासिचले रसियाका फेडोर स्मोलोभको पेनाल्टी रोकेका थिए । क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिकले पहिलो पेनाल्टीमा गोल गरे भने माटेउ कोभासिसको पेनाल्टी रसियाका गोलकिपर इगोलर अकिनफिभले रोके ।
रसियाका लागि दोस्रो पेनाल्टी हानेका एलान डजागोभले गोल गरे । तर फर्नान्डेजको प्रहार पोस्ट नजिकबाट बाहिरिएपछि रसिया पछि परेको थियो । क्रोएसियाका लागि तेस्रोमा लुका मोड्रिच र चौथोमा डोमागोज भिडाले गोल गरे ।
उता रसियाका चौथोमा सेरेगेइ इगानसेभिचले र डालेन कुजेयभले गोल गर्दा खेल टाइब्रेकर ३–३ को बराबरीमा थियो । अन्तमा क्रोएसियसाका इभान राकिटिकले गोल गर्दै टोलीलाई जित दिलाए ।
यो सँगै रसिया विश्व कपको समिकरण पुरा भएको छ । क्रोएसियाले अब इङ्ल्यान्डसँग सेमिफाइनल खेल्नेछ । यसअघि भएको सेमिफाइनलमा स्विडेनलाई २–० ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो । फ्रान्स र बेल्जियम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । थप ३० मिनेटमा दुवै टोलीले समान १ गोल थपेपछि अब खेल निर्णाणका लागि टाइब्रकेरमा गएको छ । दुवै टोलीले खेलमा एक एक पटक अग्रता लिएपनि जोगाउन सकेनन् । डोमागोज भिडाले थप समयको ११ औं मिनेटमा कर्नरमा आएको बलमा हेड गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।
तर थप समयकै २५ औं मिनेटमा मारियो फर्नान्डेजले हेडमार्फत बराबरी गोल फर्काएका थिए । फ्रिकिकमा आएको बललाई फर्नान्डेजले हेडमा गोल गरेका थिए । क्रोएसिया र रसियाबीच निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा टुंगिएको थियो । खेलमा अग्रता आयोजक रसियाले लिएको थियो ।
डेनिस सिरेसेभले ३१ औं मिनेटमा गोल गर्दै आयोजकलाई अप्रत्यासित अग्रता दिलाएका थिए । उनले पेनाल्टी बक्सको बाहिरबाट विपक्षी गोलकिपरलाई कुनै मौका नदिइ आकर्षक गोल गरेका थिए । तर, रसियाले त्यो अग्रता लामो समय टिकाउन सकेन ।
३९ औं मिनेटमा आन्द्रेज क्रामारिकले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । क्रसमा आएको बललाई क्रामारिकले हेडमार्फत गोल गरेका थिए । क्रोएसिया र रसिया दुवै टोली टाइब्रेकरमा विजयी हुँदै क्वार्टरफाइनलमा पुगेका थिए । रसियाले पूर्व विजेता स्पेनलाई ४–३ र क्रोएसियाले डेनमार्कलाई ३–२ ले हराएको थियो । रसिया र क्रोएसिया दुवै टोली प्रिक्वार्टरफाइनलमा टाइब्रेकरमा विजयी हुँदै अघि बढेका थिए।
अब इंग्ल्यान्डले क्रोएसिया सँग सेमिफाइनल खेल्ने छ भने अर्को सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्ने पक्का भइसकेको छ ।