सेमिफाइनलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्दै
प्रकाशित मिति : २०७५, २७ असार बुधबार १६:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौँ, २७ असार – विश्वकप फुटबल–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्ने भएका छन् ।रुसमा जारी विश्वकप फुटबलमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे प्रतिष्पर्धा गर्नेछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इंग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भएको थियो ।
क्वार्टरफाइनलमा क्रोएसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको थियो भने इंग्ल्याण्डले स्विडेनलाई २–० गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसियाले त्यतिबेला नै सेमिफाइनल पुग्न सफल भएको थियो । त्यसयता क्रोएसिया सेमिफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमिफाइनल खेल्दैछ ।
सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल खेलेको इंग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो । इंग्ल्याण्डले तेस्रो पटक सेमिफाइनल खेल्दैछ ।
विश्वकप फुटबलमा क्रोएसिया र इंग्ल्याण्ड पहिलो पटक भिड्न लागेका हुन् । यसअघि सन् २००४ मा भएको युरोकपमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । यी दुई टोलीले अहिलेसम्म सातवटा खेल खेलेका छन् । इंग्ल्याण्ड चारमा तथा क्रोएसियाले दुई खेलमा विजयी भएको छ ।मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको छ ।