तलबको माग गर्दै नलगाडका स्वास्थ्यकर्मीहरुद्धारा स्वास्थ्य संस्था ठप्प
प्रकाशित मिति : २०७५, ३० असार शनिबार १०:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जाजरकोट, ३०असार । पाँच महिना देखि तलव नपाएको भन्दै नलगाड नगरपालिका अन्तरगतका स्वास्थ्यका कर्मचारीहरुले बिहिबार देखि सवै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका छन् ।
स्वास्थ्यकर्मीहरु पटक–पटक नगरपालिका संग तलव माग गर्दा पनि संबन्धित निकायवाट कुनै सुनुवाई नभएपछि आन्दोलन गर्नु परेको स्वास्थ्यका कर्मचारी बिजय चौधरीले बताए ।
स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको तलव बाटो निमार्णमा खर्चिनु दुखद भएको बताउदै चौधरीले केन्द्र सरकार र प्रदेश सरकार व्यखवर हुनु दुःखद भएको जिकिर गरे ।
आफ्नो तलव भत्ता स्वीकृत नभए सम्म स्वास्थ्य संस्थाहरु आकस्मीक सेवा बाहेक सबै सेवाहरु ठप्प रहने बताए ।
स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको छ भने उपचारको लागी स्वास्थ्य संस्थामा आउने सयौ विरामी उपचार नपाएर फर्कन बाध्य भएका छन् ।
जाजरकोटको अतिबिकट मानिने नलगाड नगरपालिकाका अधिकाश वडाहरुमा यातायातको व्यवस्था नहुदा बिरामीहरुलाई सास्ती भोग्नु परेको स्थानीयहरुले गुनासो गरेका छन् ।
महामारीको जोखिम रहेका बेला सरकारले स्वास्थ्यका कर्मचारीहरुलाई तलब नदिएर जनतालाई मार्ने खेल गरेको भगवतीका राम बहादुर घर्तिले बताए । उनले तत्काल कर्मचारीहरुलाई तलब दिएर काममा फर्किने वातावरण निमार्ण गर्न माग गरेका छन।
Advertisement