निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने
प्रकाशित मिति : २०७५, ५ श्रावण शनिबार १७:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ ।
अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ ।
‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
“दोस्रो वाइड बढी विमान भित्र्याउनका लागि निगमको एक समूह ‘टोली’ हिजो शुक्रबार फ्रान्स गइसकेको छ । निगमका महाप्रबन्धकसहितको टोली भोलि आइतबार त्यसतर्फ जाने तयारीमा छ”, उनले भने ।
वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आउनेछ ।
निगमको पहिलो वाइड बढी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमान फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको थियो ।
सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२÷१२ अर्बको ऋणबाट दुई वटा विमान खरिद गरिएको निगमले जनाएको छ ।
निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइड बडी विमानमध्ये पहिलो विमान आइसकेको छ भने दोस्रो विमान आगामी शुक्रबार काठमाडौँ आइपुग्नेछ ।
विसं २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।
निगमका अनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । दुवै वाइड बढी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।
निगमको पहिलो वाइड बढी विमानबाट आगामी साउन १८ ९अगष्ट १० देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गर्दैछ । दोस्रो विमान पनि हाललाई पुरानै गन्तव्यमा उडाइनेछ । पछि क्रमशः नयाँ गन्तव्यमा उडान भर्ने निगमको तयारी छ । दोस्रो वाइड बढी आएपछि आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक रुपमा उडान गर्ने तयारी गरिएको छ ।
वाइड बढी विमानका लागि विमान चालक ९पाइलट० को व्यवस्थासमेत भइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
“वाइड बढी उडाउने पाइलट तयार भइसकेका छन् केही आउने क्रममा छन् । दोस्रो वाइड बढीका लागि पनि चाँडै पाइलटको व्यवस्था हुनेछ”,–उनले बताए ।
निगमका अनुसार अब आउने थप वाइड बढी विमानसमेतलाई दृष्टिगत गरी जम्मा १३ वटा विमानलाई पाइलट ११६ जना चाहिने भए पनि हाल निगमसँग जम्मा ८८ जना मात्र पाइलट छन् । थप २८ जना पाइलट सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा लिएर विमान सञ्चालनमा ल्याउने निगमको भनाइ छ ।
निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी पाइलटहरु कारारमा नियुक्त गर्दै जाने नीति लिएको हालै पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । यसका साथै निगमभित्रका पाइलटलाई पनि तालीम दिँदै क्रमिकरुपमा नियमानुसार स्तरोन्नति ‘अपग्रेट’ गर्दै लैजाने जनाएको छ ।
निगमका अनुसार आन्तरिक उडानका लागि चिनियाँ वाई–१२ र टुइनअटर विमानका लागि विदेशी क्याप्टेन करारमा नियुक्त गर्दा मासिक अन्दाजी रु १२ लाख तलब भत्ता ९करसहित० लाग्ने देखिएको छ भने वाइड बढी ए३३०–२०० को लागि क्याप्टेनको अन्दाजी रु १८ लाख र को–पाइलटको रु १२ लाख लाग्नेछ । हालको अवस्थामा नयाँ विमान थप्दै जाने हो भने विदेशी पाइलटकै भर पर्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ ।
नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
नयाँ विमान दोहा र दुबईमा उडाउने तयारी गरिएको र निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको जनाइएको छ ।
विमान थपेपछि त्यसको व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने बताउँदै आएको निगमले त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ । नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीतिसमेत निगमको छ ।
निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताए ।
हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ ।
एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुई वटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् । रासस