भेरी अस्पतालमा सिकलसेलको निःशुल्क परिक्षण
प्रकाशित मिति : २०७५, ११ श्रावण शुक्रबार १३:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, साउन ११ । भेरी अञ्चल अस्पताल नेपालगञ्जले सिकलसेल एनिमियाको निःशुल्क परिक्षण शुरु गरेको छ । एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा दिँदै आएको भेरी अञ्चल अस्पतालले सिकलसेल जाँच पनि निःशुल्क गरेको हो ।
Advertisement
अस्पतालले यसअघि सिकलसेल परिक्षण गर्न एक हजार रुपैयाँ लिँदै आएको थियो । विरामीको स्वास्थ्यलाई ख्याल गरी सिकलसेल एनिमिया जाँच निःशुल्क गरिएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाशबहादुर थापाले जानकारी दिनुभयो ।
थारु समुदायमा मात्र देखिएको सिकलसेल एनिमियाका कारण विरामीको आर्थिक अवस्था दयनीय बन्दै गएकाले उपचार र परिक्षण निःशुल्क गरिएको डा.थापाले बताउनुभयो ।