नेपालगन्जका अस्पतालमा बढे झाडापखाला, टाइफाइड र छालाजन्य रोगका विरामी
प्रकाशित मिति : २०७५, ११ श्रावण शुक्रबार १४:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डा.सुभाष योगी
नेपालगञ्ज, ११ साउन । गर्मी र बर्षाले नेपालगञ्ज मेडिकल कलेज नेपालगन्जमा झाडापखाला, टाइफाइड र छालाजन्य रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । दूषित पानीको प्रयोग र घर बाहिरको अस्वस्थ खानाका कारण झाडापखाला र टाइफाइडका बिरामी अस्पतालमा बढेको चिकित्सकहरुले बताएका छन् । नेपालगञ्ज मेडिकल कलेजका फिजिसियन डाक्टर सुभाष योगीले बदलिएको मौसममा अस्वस्थकर खानेकुरा र सरसफाईको कमीका कारण विरामी बढेको बताउनुभयो । सरसफाईमा ध्यान नपुग्दा बिशेष गरी बालबालिकाहरुलाई बढी झाडापखालाले सताउने गरेको नेपालगन्जका बाल रोग बिशेषज्ञ डाक्टर सकिल अहमदले बताउनुभयो । उहाँका अनुसार बालबालिकाले प्याकेटका खानेकुरा धेरै खाने र खाना खानु अघि सफासित हात नधुने भएकाले उनीहरुलाई किटाणुले संक्रमण गरेको हो । छाला रोग विशेषज्ञ डा.कुमार पोखरेलले छालाका रोगी पनि बढेका बताउनुभयो । झाडापखाला, टाइफाइड र हैजा जस्ता रोगको संक्रमणबाट बच्न खाना खानु र खुवाउनु अघि राम्रोसित सफा पानीले हात धुन, उमालेर मात्र खानेपानीको प्रयोग गर्न, दिनहुँ घरको खाना मात्र खान र बासी खानेकुरा नखान फिजिसियन डा. योगीको सुझाव छ। छालासम्बन्धि रोगबाट बच्न सफा पानीले नुहाउन डा.पोखरेलले सुझाब दिनुभयो । त्यस्तै भेरी अञ्चल अस्पतालमा समेत यस्ता खालका धेरै बिरामीहरु बढिरहेको अञ्चल अस्पतालका फिजिसियन डाक्टर पारस श्रेष्ठले बताउनुभयो।
Advertisement