स्वास्थ्यमा सहकार्यको प्रतिवद्धता
प्रकाशित मिति : २०७५, २८ श्रावण सोमबार २२:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, साउन २८ गते– स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यले नै स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने सम्वद्ध विज्ञले बताएका छन् । जीआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आज नेपालगञ्जमा आयोजित स्वास्थ्यमा स्थानीय सरकार र नजीक्षेत्रबीचको सहकार्य सम्वन्धी कार्यशाला गोष्ठिमा सहभागी सम्वद्ध अधिकारीले सो कुरा बताएका हुन् । स्वास्थ्यसँग सम्वद्ध सरकारी अधिकारी, जनप्रतिनीधी, निजी संस्थाका प्रमुख, चिकीत्सक, क्लीनीकका प्रमुख एवं स्वास्थ्यकर्मी सहभागी कार्यक्रममा स्वास्थ्यमा स्थानीय सरकार र नीजीक्षेत्रबीच हुन सक्ने साझेदारी र सहकार्यको पहिचान, गुणस्तरीय सेवामा एकरुपता कायम, उपमहानगरलाई मेडिकल हव बनाउन अपनाउन सकिने रणनीती लगायतका विषयमा व्यापक छलफल गरिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाले नगरलाई मेडिकल हब बनाउन आवश्यक नीतीगत तथा प्राविधिक पक्षको पहिचानका लागि कार्यदल गठनमा जोड दिनु भयो । स्थानीयतहको सिफारिसमा स्वास्थ्य संस्थाले गरिव÷असहायको निशुल्क उपचार गरिदिनु पर्ने भन्दै नगरप्रमुख राणाले डाक्टरको फि मा पनि एकरुपता ल्याउनु पर्ने आवश्यक्ता औल्याउनु भयो । भेरी अञ्चल अष्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले सीमीत श्रोत साधानका बावजुद सरकारी स्वास्थ्य संस्थाले अविचलीत सेवा प्रवाह गरिरहेको भन्दै नीजी क्षेत्रसँगको सहकार्यका लागि तयार रहेको बताउनु भयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीले स्थानीय तह र निजी स्वास्थ्य क्षेत्रको सहकार्यले नै सेवा प्रवाह सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमख केशव सुवेदीले नगरको समग्र स्वास्थ्य वस्तु स्थितीबारे प्रकाश पार्नु भएको थियो भने नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ अधिकृत सुन्दरजंग शाहले कलेजको सेवा प्रवाह बारे अवगत गराउनु भएको थियो ।
कार्यक्रममा प्रहरी अष्पतालका प्रमुख आशिष दत्त, स्वास्थ्यकर्मी धनराम वली, रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतले आआफनो सुझाव राख्नु भएको थियो । समूहगत रुपमा छलफल गरिएको कार्यक्रममा सरकारी र नीजी क्षेत्रको सहकार्यलाई अझैं सशक्त र प्रभावकारी बनाउन प्रतिवद्धता पनि व्यक्त गरिएको थियो।
Advertisement