बाँकेमा युरिया मलको हाहाकार "मल नपाउदाँ बाँकेका कृषकहरु चिन्तित "
"मल नपाउदाँ बाँकेका कृषकहरु चिन्तित "
प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार १०:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुनिल रेग्मी,नेपालगन्ज, १ भदौ।बाँकेमा रासायनिक मलको अभाव भएको छ । धानखेती सुरु भई मल हाल्ने बेलमा जिल्लामा मलको अभाव देखिएको हो । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङमा हाल एक बोरा युरिया समेत मौज्दात छैन । डिएपी र पोटास केहि मात्रामा रहे पनि युरिया मलको भने हाहकार भएको छ । कृषि र साल्ट ट्रेनिङमा आउने कृषकहरु निरास भएर घर फर्किएका छन्। १० दिन अगाडीनै सकिएको युरिया मल आउन अझै एक हप्ता लाग्ने निमित्त कार्यालय प्रमुख रमेशकुमार पौडलले बताए । ‘दैनिक किसानहरु युरिया मलका लागि आउनुहुन्छ, हामीसँग एक बोरा पनि छैन,’ उनले भने । जिल्लाका कोहलपुर, खजुरा, डुडुवा तथा राप्तीपारी किसानहरु अनुदानको मल नपाएर महँगो मूल्यमा निजी पसल तथा भारत बाट मल किन्न बाध्य भएका छन् ।
Advertisement
बाँकेमा हाहाकार भएको युरिया मल २०७५÷७६ को पहिलो महिना साउनमा ९ सय ६ मेट्रिक टन विक्रि भएको देखिएको छ । निमित्त कार्यालय प्रमुख पौडेलले अब धान खेतीका लागि थप ३ सय मेट्रिक टन मल भए पुग्ने बताए । उनले कत्ति मात्रामा मल आउदैँछ भने वारेमा केहि खुलाएका छैनन् । सहकारी मार्फत अनुदानको मल विक्रि हुनेछ । बाँकेमा गत वर्ष एक सय ३ सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड बाट मल खरिद गरेको थियो ।
कम्पनीले सहकारीलाई युरिया ७ सय ८३, डिएपी २ हजार २ दुई सय ३३ पोटास एक हजार ६ सय ३३ रुपैँया दिने गर्दछन् । आपूर्ती समितिको बैठकले उनीहरुको स्थान आधारमा भाडा निर्धारण गरेर वेच्ने गदर्छ ।