पिथौरागढ पहिरोमा परेका भारतीयलाई मात्रै राहत,नेपालीले पाएनन्
प्रकाशित मिति : २०७५, ३ भाद्र आईतवार ०९:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाइल तस्बिर
काठमाडौं,३ भदौ। गत वर्ष भारतको पिथौरागढमा गएको पहिरोमा ज्यान गुमाएका १३ नेपालीका परिवारले अझैसम्म पनि राहत पाएका छैनन् । सोही पहिरोमा ज्यान गुमाएका २१ भारतीय नागरिकका परिवारहरुले भने चार लाख भारुको दरले राहत पाएका छन् ।
Advertisement
गत वर्ष १४ अगष्टमा पिथौरागढको मंगती घाटीबागड इलाकामा पहिरो जाँदा १३ नेपालीको मृत्यु भएको थियो । त्यहाँ मृत्यु भएका नेपालीहरु मजदुरहरु हुन् ।
गत वर्ष जिल्ला प्रशासन कार्यालयले राज्य सरकारसँग नेपालीलाई राहत दिने कि नदिने भनेर जवाफ मागेको थियो । सो समयमा जिल्ला मजिस्ट्रेड ९डीएम० रविशंकरले विपद राहत कोषले मृतकका परिवारलाई ‘पीडित’ भने पनि राहत पाउन भारतीय नागरिक हुनैपर्ने कि नपर्ने भन्ने कुरा स्पष्ट नपारिएको बताएका थिए । उनले यो विषयलाई उच्च अधिकारीकहाँ पुर्याउने र दि सरकारी कोषले राहत दिन नसकेमा अन्य स्रोतबाट राहत दिलाउने आश्वासन समेत दिएका थिए ।
तर, एक वर्ष बितिसक्दा पनि पीडितले अझैसम्म राहत नपाएको प्रवासी कल्याणकारी संगठनका अध्यक्ष गणेश सिंह साउदले बताएका छन् । उनले एउटै घटनामा नेपाली र भारतीयबीच भेदभाव गर्न नहुने बताएको टाइम्स अफ इण्डियाले समाचार लेखेको छ ।
उनले भनेका छन्( राज्य सरकारले यस विषयलाई मानवीय आधारमा हेर्नुपर्दछ र नेपाली नागरिकलाई पनि राहत दिनुपर्छ । एउटै दुर्घटनामा भारतीय र नेपाली दुवै मारिएका थिए त्यसैले पक्षपात गर्नु हुँदैन ।
डिएम रविशंकरका अनुसार नेपालीलाई काममा लगाएको ठेकेदारलाई नेपाल सरकारसँग समन्वय गरेर मृत्यु भएकाहरुको पहिचान गर्न भनिएको थियो । उनले यस विषयमा फेरि बुझ्ने आश्वासन दिएका छन् ।अनलाइन खबरबाट।