नेपालगञ्ज २३ मा निर्मित शहरी स्वास्थ्य भवन हस्तान्तरण, सेवा शुभारम्भ
प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार १७:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज भदौ १५ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ मा निर्मित शहरी स्वास्थ्य केन्द्र भवनमा आजदेखि स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ । एक समारोहबीच उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रमोद रिजालले वडालाई भवन हस्तान्तरण र उद्घाटन गर्नुभएपछि सेवा शुभारम्भ गरिएको हो ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा ढाई कठ्ठा जग्गामा निर्मित भुकम्प प्रतिरोधी भवनमा हलसहित ६ वटा कोठा रहेका छन् । राधा शर्मा कन्स्ट्रक्सनले ६५ लाख ९८ हजारमा निर्माण गरेको भवनको कार्यवाहक नगरप्रमुख रिजालले वडा अध्यक्ष मोहम्मद हुसेन शेषलाई चाँबी हस्तान्तरणसँगै रिवन काटेर उद्घाटन गर्नुभयो ।
जनप्रतिनिधि, उपमहानगरपालिकाका स्वास्थ्य सम्वद्ध कर्मचारी, स्वास्थ्यकर्मी, वडाका स्थानीयवासी लगायतको सहभागिता रहेको कार्यक्रममा कार्यवाहक नगरप्रमुख रिजालले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको भन्दै स्वास्थ्य सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन स्थानीय सरकारले कुनै कञ्जुस्याई नगर्ने विश्वास दिलाउनुभयो ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीले पूर्वाधार निर्माणले अत्यावश्यक स्वास्थ्य सेवालाई सहज बनाएको उल्लेख गर्दै थप उपकरणको व्यवस्था गरिने बताउनुभयो । स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष शेषले थप सेवा सुविधाको निरन्तरतासँगै माथिल्लो तलामा वडा कार्यालय स्थापनामा सहयोग गर्न आग्रह गर्नुभयो । नव निर्मित भवनबाट खोप, परिवार नियोजन, सामान्य उपचार, परामर्श लगायतका सेवा शुरु गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले जानकारी दिनुभयो ।