आँखा अस्पतालमा अत्याधुनिक ल्याव सेवा सञ्चालन हुन्छ: अध्यक्ष गिरी
प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार १५:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर,१८ भदौ।नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्णकुमार गिरीले संघद्धारा सञ्चालन भएका आँखा अस्पतालहरुले दिने सेवा गुणस्तरीय तथा अत्याधुनीक सुबिधा सम्पन्न गराउनको लागी आफुहरु लागेको बताउनु भएको छ। आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्र्तगत सञ्चालन भएको छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको अत्याधुनिक पूर्ण ल्याव सेवा उद्घाटन गदै गिरीले अव सवै आँखा अस्पतालमा अत्याधुनिक ल्याव सेवा सञ्चालन हुने बताउनु भयो ।
Advertisement
गिरीले यस अघिपनि ल्याव सेवा दिएको र त्यसलाई व्यवस्थीत गदै अत्याधुनिक सेवा सहित विरामीहरुलाई सेवा दिने बताउनुभयो । उहाँले अव केही दिन मा नै राप्ती आँखा अस्पताल, लमही आँखा अस्पतालमा अत्याधुनिक ल्याव सेवा सञ्चालन गर्ने बताउनुभयो । ‘हामीले दिदै आएको ल्यावसेवालाई अत्याधुनिक बनाएका छौं, त्यसका लागि आधुनिक उपकरणहरु आएका छन् अव सवै अस्पतालमा सेवा दिने छौं –उहाँले भन्नुभयो।
त्यसैगरी अस्पतालमा भौतिक निर्माण सम्पन्न गरी आँखा र कान उपचार सेवालाई प्रदेश नं ५ को नमुना योग्य अस्पताल बनाउन आफुहरु लागि परेको अध्यक्ष गिरीले बताउनुभयो ।
अत्याधुनिक ल्यावको नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरी र दाता नारायणी शाहले संयूक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।