बाँकेको शमशेरगंज ओभरीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा "५१ हजार नागरिक लाभान्वित हुने "
"५१ हजार नागरिक लाभान्वित हुने "
प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलवार १९:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, १९ भदौ । बाँकेको ओभरीमा आजदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ ओभरीमा नवनिर्मित सर्पदंश उपचार केन्द्रको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गर्नुभयो । गाउँपालिकाको २० लाख ५० हजार आर्थिक सहयोग र नेपाली सेनाको
९ लाख ६२ हजार बराबरको श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण भएको हो ।
Advertisement
उपचार व्यवस्थापनका लागि स्थानीय वासिन्दाले २० लाखको अक्षयकोष पनि स्थापना गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री श्री मेहर गणको सक्रियता र प्राविधिक सहयोगमा उपचार केन्द्र सञ्चालनमा आएको हो । गाउँपालिका अध्यक्ष थारुले सर्पदंशको उपचारका लागि नेपालगञ्ज पुग्नुपर्ने अवस्था अब अन्त्य भएको बताउनुभयो । गणका प्रमुख प्रमुख सेनानी बासुदेव धिमालले जनसेवामा सपर्मित नेपाली सेनाले सर्पदंशको उपचारमा देखिएको समस्यालाई मध्यनजर गर्दै यस कार्यमा जुटेको बताउनुभयो । केन्द्र सञ्चालनका लागि वडा नम्बर ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतको अध्यक्षतामा व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
उपचार केन्द्रबाट ५१ हजार नागरिक लाभान्वित हुने बताइएको छ । ३ बेड क्षमताको उपचार केन्द्रमा जेनेरेटर र फ्रिजको पनि व्यवस्था गरिएको छ । उपचारका लागि प्राविधिक नेपाली सेनाको श्रीमेहर गणले खटाउने भएको छ । उद्घाटन कार्यक्रममा अक्षयकोषका लागि रकम सहयोग गर्ने व्यक्ति र संस्थालाई कदरपत्रले सम्मान समेत गरिएको थियो।