पहिरो जाने भिरमा टिनको कटेरोमा ट्राफिक प्रहरीहरुको बास
प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार २०:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जाजरकोट,२० भदौ।दिनभरि सडकको ड्यूटी, साझ पालमुनिको टिनको कटे रो को बास ट्राफिक प्रहरीहरुको दै निकी नै हो । चिसोयाम देखि , गर्मीमा अनि वर्षाको समयमा किन नहोस टिनको कटेरो भित्र जाजरकोटका ट्राफिक प्रहरीले विताउँनु पर्छ ।
Advertisement
झट्ट हेर्दा डिउटीमा वस्ने सामान्य खालको जाँच कक्ष जस्तो देखिएपनि ४ जना ट्राफिक प्रहरी वस्ने ठाउँ हो त्यो । पानी चुहिदा पालमा ओत लगाएको पोष्ट टिनको कटेरो भित्र ट्राफिक प्रहरीको वास २०७० साल देखि हुँदै आएको छ ।
पोष्ट भन्दा माथी पहिरो आएर सडक पुरिएको छ भने तल पनि सडक भाँसिएको छ । त्रासका कारण रात भर निन्दा नै नलागेपनि वास वस्नु र डिउटी गर्नु वाध्यता भएको हवलदार प्रेमवहादुर शाहीले बताए ।
संरचना अभावका कारण ट्राफिक कार्यसम्पादन निकै चुनौ तीपूर्ण रहे को शाहीले भने । भौ तिक पूर्वाधारको अभावका कारण सबै कर्मचारी जंगल छेउको टिनको कटेरोमा बस्दै , रातको समयमा धे रै कर्मचारी कार्यालयमा बस् न नसक्ने स् िथति रहे को बताए ।
स्थापना कालदेखि नयाँ संरचना निर्माणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले प्राथमिकता पाउन नसक्दा ट्राफिक प्रहरीहरु पालमुनि बस् नुपर्ने बाध्यता भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटमा भौ तिक संरचनाको मात्रै अभाव हो इन, जिल्लाको यातायात चाप अनुसार जनशक्ति पनि चरम अभाव छ ।
नत कार्यालयमा सवारी साधन छ । नत कार्यालयमा भवन दैनिक नीजि सवारी साधन मागेर काम चलाउन बाध्य भएको जिल्ला ट्राफिक कार्यालय जाजरकोटले जनाएको छ ।
मध्यपश्चिम क्षेत्रिय कार्यालय ट्राफिक नेपालगञ्जका प्रहरी एसपी जनक राज पाण्डेका अनुसार हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोट लाई जिल्ला प्रहरी कार्यालयको मातहतमा सञ्चालन गरिएको अस्थाइ ट्राफिक पोष्ट जाजरकोट र मुगु भएकोले दरबन्दी र आवश्यक भवन निर्माणको लागि जोड दिने बताए ।
पाण्डेका अनुसार जनशक्ति अभाव भएका कारण काजमा खटिएका ट्राफिक प्रहरी लाई कर्णाली प्रदेश प्रहरी कार्यालयले फिर्ताको लागी चिठि पठाइसकेकोले आवश्यक जनशक्तिको ब्यवस्थापन गर्ने बताए ।
यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका नि।कार्यालय प्रमुख लोक बहादुर बिष्टका अनुसार भवनको लागि सिफारीस भएको आवश्यक सामग्री माग गरिएको बताए।