मुख्यमन्त्रीहरुको पहिलो भेला आज पोखरामा हुँदै
प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार ०९:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, २१ भदौ । पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला आज (बिहीबार) हुँदैछ । देश संघीयतामा गइसकेपछि प्रदेश–प्रदेशबीचको अन्तरक्रिया र समन्वयका लागि भेला बोलाइएको भेलामा सहभागी हुन मुख्यमन्त्रीहरू पोखरा आउने क्रम जारी छ ।
Advertisement
बुधबारसम्म गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १, २, ३ प्रदेशका मुख्यमन्त्रीहरू पोखरा पुगिसकेका छन् । गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतका अनुसार प्रदेश सरकारहरुले कसरी काम गरिरहेछन् भन्ने बारे प्रदेश–प्रदेशबिचको सम्बन्ध सुमधुर बनाउन यो भेलाको आयोजना गरिएको हो ।
भेलाले प्रदेश सरकारहरूबीचको सहकार्यको मार्गचित्र बनाउने अपेक्षा गरिएको छ । साथै प्रधानमन्त्रीसामु सबै प्रदेशको साझा एजेन्डा बनाएर लैजाने तयारी समेत भएको उनले बताए । भदौ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद्को बैठक हुने भएको छ । सो बैठकमा एउटै एजेण्डा लैजाने तयारीका लागि समेत सातै मुख्यमन्त्रीको भेला बोलाइएको बुझिएको छ । संघीय सरकार तथा प्रधानमन्त्रीसमक्ष प्रदेशको अधिकार, बजेट लगायतका साझा एजेन्डा बनाएर लैजाने मुख्यमन्त्रीहरुको तयारी रहेको छ ।