आउ नाचौं तीज’को नेपालगंज अडिसनबाट आठ प्रतियोगि छनोट
प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार ०८:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२१ भदौ।कृष्णसार एफएमले नेपालगंज उपमहानगरपालिका संगको सहकार्यमा आयोजना गरेको ‘आउ नाचौं तीज’को नेपालगंज अडिसनबाट आठ प्रतियोगि छनोट भएका छन् । अडिसनमा सहभागि २२ मध्ये ८ प्रतियोगि अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन् ।
Advertisement
श्रष्टी समुह धम्बोझी, भेरी स्कुल धम्बोझी, फाइब एण्ड स्टार समुह धम्बोझी र सिद्धार्थ कल्चरल ग्रुप फाइनल पुगेका हुन् । यस्तै नेपालगन्ज मोडेल एकेडेमी वाटरपार्कका रिया राना, होप इन्टरनेशनल स्कुलका तिलक थापा र रमा पोख्रेलको जोडी, नेपालगन्ज मोडेल एकेडेमीका गरिमा चौधरी र वृटिस स्कुल सुर्जीगाउँका पुनम बोहरा पनि छनोटमा परेका छन् ।
नेपालगंज अडिसनमा बरिष्ठ नृत्य निर्देशक नरेन्द्र श्रेष्ठ र संगीता सुवेदीले निर्णायकको भूमिमा निभाउनु भएको थियो । आउ नाचौं तीजको सिजन ६ का संयोजक माधव अधिकारीका अनुसार भोली बांसगढी नगरपालिकाको सहकार्यमा केदारेश्वरधाम परिसरमा विहान साढे १० बजे तेस्रो अडिसन हुनेछ ।
यस्तै भदौ २३ गते कोहलपुरमा र २४ गते बढैयातालमा छनोट चरणको अन्तिम प्रतियोगिता संचालन हुनेछ । अस्ती राजापुर नगरपालिकाको सहकार्यमा त्यहां भएको अडिसनबाट ७ प्रतियोगि छानिएका छन् । पांचै स्थानको छनोट चरणवाट छानिएका उत्कृष्ट प्रतियोगीहरुलाई नेपालगंजमा २६ भाद्रमा हुने अन्तिम प्रतिष्पर्धामा सहभागि गराइने छ । कृष्णसार एफएमले विगत ६ वर्षदेखि नियमित रुपमा आउ नाचौ तीज प्रतियोगिता आयोजना गर्दै आएको छ ।