डुडुवाकि अन्नु वर्माको हत्या घटनालाई कमजोर बनाउन खोजिएको माइतीको दावी
प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार १८:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज,१३ असोज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २, बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्यालाई मोडेर कमजोर बनाउन खोजिएको दावी गरिएको छ । भदौ १४ गते राति हत्या भएको माइती पक्षको दावी छ । अन्नुको हत्या अभियोगमा सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहर प्रसाद तेली हिरासतमै रहेका बेला अन्नुकी भाउजु विन्दुकमारी वर्माले पोष्टमार्टम रिपोर्ट मार्फत अभियुक्तलाई उन्मुक्ति दिने प्रपञ्च गरिएको दावी गर्नु भयो । बाँके जिल्ला अदालतमा मुद्धा दर्ता भई विचारराधिन रहेको छ ।
Advertisement
भदौ १५ गते एकाबिहानै अन्नुका पाँच वर्षीय छोराले मावलीमा फोन गरेर आमा म¥यो भनेपछि मात्रै घटनाबारे माइती पक्षलाई जानकारी भएको थियो । अन्नुको शव घरभन्दा बाहिर नालीमा टाउकोमा चोट लागिएको अवस्थामा भेटिएको थियो । पोष्टमार्टममा डा. आकाश वेल्वासले टाउकोमा चोट लागेको र पानीले डुवेर मरेको उल्लेख गरेको भन्दै माइतीपक्षले नालीमा (पानीमा) डुवेर मर्ने पानी नै नभएकाले यो दवाव या प्रभावमा परेर रिपोर्ट बनाइएको दावी छ ।
पोष्टमार्टम रिपोर्टमाथि आशंका देखिएकाले कुनैे पनि मानेमा न्याय प्रभावित हुन नुहने आफन्त सुरेन्द्र वर्माले जनाउनु भयो । अन्नुका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेकोमा घटनापछि घर फर्किनुभएको छ । अन्नुमाथि यसअघि पनि विभिन्न निहुँमा सासु लगायत घरपरिवारबाट कुटपिट भएको दावी माइती पक्षको छ । सासु धनदेई र गाउँकै तेलीबीच अवैध सम्बन्धबारे जानकारी पाएका कारण अन्नुको हत्या भएको माइती पक्षको दावी छ ।