डुडुवाकी अन्नु वर्माको हत्या अभियुक्तहरु पुर्पक्षका लागि कारागार चलान
प्रकाशित मिति : २०७५, १६ आश्विन मंगलवार २०:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज,१६ असोज। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्या अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। अन्नुको हत्या अभियोगमा सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहर प्रसाद तेलीलाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि कारागार चालान गरेको हो ।
Advertisement
मुद्दाको सुनुवाई गर्दै बाँके अदालतका न्यायाधीश ओमप्रसाद अर्यालको इजलाशले सोमवार उनीहरुलाई कारागार पठाएको हो । भदौ १४ गते राति हत्या भएको अन्नुका आफन्तले पोष्टमार्टम रिपोर्टमार्फत अभियुक्तलाई उन्मुक्ति दिने प्रपञ्च गरिएको यसअघि आरोप लगाएका थिए ।
भदौ १५ गते एकाबिहानै अन्नुका पाँच वर्षीय छोराले मावलीमा फोन गरेर आमा मर्यो भनेपछि मात्रै घटनाबारे माइती पक्षलाई जानकारी भएको थियो । अन्नुको शव घरभन्दा बाहिर नालीमा टाउकोमा चोट लागिएको अवस्थामा भेटिएको थियो ।
पोष्टमार्टममा डा। आकाश वेल्वासले टाउकोमा चोट लागेको र पानीले डुवेर मरेको उल्लेख गरेको भन्दै माइतीपक्षले नालीमा डुवेर मर्ने पानीनै नभएकाले यस्तो रिपोर्ट दबाव या कसैको प्रभावमा बनाइएको गुनासो गरेको थिए । सासु धनदेई र गाउँकै तेलीबीच अवैध सम्बन्धबारे जानकारी पाएका कारण अन्नुको हत्या गरिएको माइती पक्षको आरोप छ ।