बिदामा पनि जिल्ला अदालतको सेवा जारी
प्रकाशित मिति : २०७५, २७ आश्विन शनिबार ११:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नवलपरासी, २७ असोज । पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दशैँ बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने जनाएको छ ।
Advertisement
जनतालाई बिदाको बेला बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र आवश्यक अन्य कर्मचारीको व्यवस्था गरिएको अदालतले जनाएको छ ।
आगामी कात्तिक ७ गतेसम्म अदालत बन्द रहने भएकाले विजयादशमी र शनिबारबाहेक अन्य दिन दैनिक ११ बजेदेखि ३ बजेसम्म बन्दी प्रत्यक्षीकरण रिट निवेदन उपर सुनुवाइ गरिने भएको छ । यस्तै सो दशैँ बिदा अवधिमा मुलुकी फौजदारी संहिताले गरेको नयाँ व्यवस्थाअनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गर्ने कार्यसमेत गरिने जनाइएको छ । रासस।