आज नवरात्रको पाँचौं दिनमा नवुदर्गा भवानीको स्कन्दमाता पूजा
प्रकाशित मिति : २०७५, २८ आश्विन आईतवार १०:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज.२८ असोज । आज नवरात्रको पाँचौं दिनमा नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना गरिन्छ ।
Advertisement
भगवान स्कन्द ‘कुमार कार्तिकेय’ को नामबाट पनि चिनिन्छन् । उनी देवासुर संग्राममा देवताका सेनापतिका रुपमा चित्रित छन् ।
यिनै स्कन्द भगवानकी आमाका रुपमा उनलाई स्कन्दमाता भनिएको छ । नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ । स्कन्दमाताको वाहन सिंह हो भने उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ ।उनलाई पद्मासना देवी पनि भनिन्छ ।हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ।