प्रदेश ५ को समृद्धिको पहिलो आधार खाद्यान्नमा आत्मनिर्भर
प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार १७:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,७ कार्तिक।कृषिलाई प्रदेशको विकास र समृद्धिको पहिलो आधार मानेको प्रदेश ५ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । १९ लाख ६९ हजार सात सय ७६ हेक्टर कूल क्षेत्रफल रहेको प्रदेश नं. ५ मा ६ लाख हेक्टर ९७ हजार ३ सय ३१ कुल खेतियोग्य जमिन छ । कुल खेतियोग्य क्षेत्रफल मध्ये प्रदेश ५ मा ८०.१७ प्रतिशत जमिनमा खेति गरिएको छ । प्रदेशको कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार मन्त्रालयका अनुसार पाँच नम्वर प्रदेशमा वार्षिक २२ लाख ७४ हजार ६ सय ४२ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ ।
Advertisement
योजनाविद् पिताम्बर शर्माका अनुसार प्रदेश ५ लाई वर्षमा ८ लाख ९३ हजार एक सय ६१ मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा १३ लाख ८१ हजार ४ सय ८१ मेट्रिक टन खाद्यान्न वचत हुन आउँछ । शर्मामा अनुसार प्रदेश ५ को खाद्यान्न स्वःनिर्भरता एक सय ४४ प्रतिशत रहेको छ । ६ पहाडी र तराईका ६ जिल्ला गरी १२ वटै जिल्लामा कृषि उत्पादन हुने यो प्रदेशमा खाद्यान्नसँगै तरकारी, सुन्तला जातका फलफूल, कफि, च्याउ र मौरीपालन प्रमुख कृषि पेशा रहेका छन् ।