नेपालगन्ज साल्ट ट्रेडिङ्गले बहुतत्वयुक्त मल विक्रि गर्दैै
प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार १८:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ३० कार्तिक । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले युरिया र डिएपी मलको उत्तम विकल्पका रुपमा विक्रि गरिरहेको गैर अनुदानित एमोनियम सल्फेट र स्टायल सुपर फस्फेट मलका बारेमा किसानलाई सुसूचित गर्ने कार्यलाई तिब्रता दिएको छ । साल्ट ट्रेडिङ्गले तीन बर्षदेखि विक्रि गरिरहेको यी दुई मल युरिया र डिएपी भन्दा गुणस्तरीय रहेको साल्ट ट्रेडिङ्गका कृषि परामर्श दाता भगवान खतिवडाले बताउनुभयो ।
Advertisement
साल्ट ट्रेडिङ्गको नेपालगञ्ज कार्यालयमा आज गरिएको पत्रकार भेटघाटमा उहाँले यी दुई मलले युरिया र डिएपी भन्दा बढी उत्पादन दिनुका साथै माटोको उर्बराशक्ति समेत बढाउने दाबी गर्नुभयो । यी मलको प्रयोगले १५ देखि २५ प्रतिशतसम्म उत्पादन बढ्ने उहाँले बताउनुभयो । नेपालगञ्ज कार्यालयका प्रमुख मनोज कुमार चौधरीले किसानले शुरु–शुरुमा विश्वास नगरेपनि अब विस्तारै यी मलको गुणस्तर बुझ्न थालेको बताउनुभयो । बहुतत्वयुक्त यी मल युरिया र डिएपीको तुलनामा अति उत्तम भएको यथार्थ बोध किसानलाई गराउन विभिन्न ठाउँमा किसानलाई भेला गराएर अनुशिक्षण समेत गरिरहेको बताउनुभयो । उहाँले भर्खरै मात्र बर्दियाको मानपुर टपरा र मैनापोखरमा किसानलाई यी मलको बारेमा जानकारी गराएको बताउँदै भोलि नेपालगञ्जमा पनि किसानलाई भेला गराएर सुसूचित गर्ने जानकारी दिनुभयो ।