क्यानडा पठाइ दिन्छु भन्दै लाखौं ठगी गर्ने पक्राउ
प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार १२:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, ८ मंसिर । केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडा पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई आज पुतलीसडकबाट पक्राउ गरेको छ ।
Advertisement
मकवानपुर, बकैया गापा–९ की सुनिता तिवारी बाइवा पक्राउ परेकी हुन् । क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई दिएर भारतसम्म पुऱ्याई पीडितबाट प्रतिव्यक्ति सात लाखदेखि १२ लाखसम्म रकम लिई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
बाइवालाई शुक्रवार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
शिक्षा मन्त्रालयबाट समेत स्वीकृति नलिई काठमाडाँैको पुतलीसडकमा कार्यालय खोलेर विदेशमा अध्ययन गर्न जान चाहने युवा विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडित सम्पर्कमा आएपश्चात् नेपालबाट भारतको नयाँदिल्ली लगायतका विभिन्न स्थानमा पु¥याई महीनौँसम्म राखेर शोषण गरी पीडितलाई अलपत्र पारी सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।