नरैनापुरमा एकिकृत घुम्ती सेवा शिविर सञ्चालन
प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार १९:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नरैनापुर (बाँके), १० मंसिर । बाँकेको नरैनापुर गाउँपालिकामा आज एकिकृत घुम्ती सेवा शिविर गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र नरैनापुर गाउँपालिकाको आयोजना एवम् जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा घुम्ती शिविरको आयोजना गरिएको हो । गाउँपालिकाको वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खोदवाँ पण्डितपुर्वामा भएको शिविरमा नागरिकता वितरण, नागरिकको स्वास्थ्य परिक्षण, आँखा जाँचसँगै फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो ।
Advertisement
शिविरको सोही क्षेत्रबाट निर्वाचित संघीय संसद्का सांसद् महेश्वरजंग गहतराज अथकले स्थानीय ५९ बर्षीय उम्मर मोहम्मदलाई नागरिकता दिएर उद्घाटन गर्नुभयो । त्यसक्रममा बोल्दै सांसद् अथकले विकटका स्थानीयबासीलाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविर फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । नरैनापुर बाँकेको सबैभन्दा विकट गाउँपालिका भएकाले यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युतको समस्या हल गर्ने गरी आफूहरु लागि परेको धारणा राख्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले राप्तीपारीलाई राज्यले समेत बेवास्ता गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुर गाउँपालिकालाई सम्बृद्ध बनाउनतर्फ आफूहरु ठोस योजनाका साथ लागि परेको बताउनुभयो । सरकारी सेवा घरदैलोमा पुर्याउने उद्देश्यले आज एक दिनका लागि शिविर आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।
शिविरमा नेपालगञ्ज मेडिकल कलेज, फत्तेबाल आँखा अस्पताल र नेपाली सेनाको ४ नम्बर बाहिनी अड्डा अन्तर्गत् सैनिक अस्पताल राँझाले स्वास्थ्य सेवा प्रदान गरेका थिए । त्यसक्रममा २ सय ६० जनाले फिजिसियन सेवा, ८० जनाको कान जाँच र आँखाका २ सय ६० जनाले सेवा लिएको भैरब प्रसाद गणका प्रमुख सेनानी सूर्य बहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै नेपालगन्ज मेडिकल कलेजद्वारा दिइएको सेवा तर्फ धेरै जसो बिरामी भेटीए पनि त्यति धेरै गम्भीर समस्या नदेखिएको नेपालगन्ज मेडिकल कलेजका उप निर्देशक सर्जन डा.रोमन क़िदवाईले बताउनु भयो।त्यस्तै आज ६१ जनाले नागरिकता लिएका छन् ।
नागरिकता वितरण भने यही १५ गतेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । घुम्ती शिविरमा आज ४५ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका जिल्ला निर्वाचन अधिकारी लोक बहादुर रानाले बताउनुभयो । फोटोसहितको मतदाता नामावली संकलनको काम यही १४ गतेसम्म गरिने रानाले जानकारी दिनुभयो ।
यसैबीच नरैनापुरमै आज बाँकेका सबै कार्यालय प्रमुखहरुको बैठक बसेको छ । उनीहरुले नेपाल भारत सीमामा पुगेर सीमा स्तम्भको समेत अवलोकन गरेका थिए।