इन्टिग्रिटी आइडल’ उपाधिका लागी बर्दियाका प्रजिअ रामबहादुर कुरुम्बाङ्गलाई जिताउन देशैभरी अभियान(भिडियो सहित)
प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार १०:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१४ मंसिर।सन् २०१८ को ‘इन्टिग्रिटी आइडल’ को उपाधिका लागी बर्दियामा कार्यरत प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई जिताउन देशैभरी अभियान थालिएको छ। कुरुबाङ्गलाई सामाजिक संजाल र एसएमएसबाट भोट गर्ने तरिका दिँदै भोट गर्न आग्रह गरिरहेका छन् । देशभरीका झण्डै एक हजार जना प्रतिस्पर्धी मध्येबाट बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग ‘इन्टिग्रिटी आइडल’ को सर्वोत्कृष्ट कर्मचारी मध्ये टप फाईभ भित्र प्रतिस्पर्धिमा पर्नु भएको छ। एकाउन्ट्याबिलिटी ल्याबले आयोजना गर्ने ‘इन्टिग्रिटी आइडल’को सम्भवतः पाँचौ संस्करणको विजेताका लागि बर्दियाका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्ग परेपछी यतिबेला उहाँलाई यो उपाधि दिलाउन मुख्य गरी बर्दिया लगायत प्रदेश नम्बर ५ नै लागीपरेको छ। इमान्दार , कर्तव्यनिष्ट भएर काम गर्नेलाई हौसला प्रदान गर्न भएपनि कुरुम्बाङ्गलाइ भोट गर्नु पर्ने जनाउदै आएका छन् । अन्तिम प्रतिस्पर्धामा राम बहादुर कुरुम्बाङ्ग सँगै ध्रुबराज आचार्य, महेन्द्र प्रसाद पौड्याल, अरुण काफ्ले र सीता कुमारी शर्मा रहनुभएको छ । एकाउन्ट्यबिलिटीका लागि बर्दियाका प्रमुख जिल्ला अधिकारीका अनुसार वेबसाइट र एसएमएस बाट बर्दिया सहित विभिन्न जिल्लाबासीले आफुलाई भोट गर्नेहरु बढदै गएको प्रजिअ कुरुम्बाङ्गले बताउनुभयो । मंगलवार बेलुका ७ बजेदेखि सुरु भएको भोटिङ मंसिर १७ गते ‘डिसेम्बर ३ ‘तारिख सम्म भोट गर्न सकिने जनाईएको छ ।
Advertisement
भिडियो
को हुन् त कुरुम्बाङ्ग?
तेह्रथुम जिल्ला फेदाप गाउँपालिका १ का रामबहादुर कुरुम्बाङ्ग निजामति कर्मचारीमा आएको २९ वर्ष भयो । एमए पास गर्नुभएका कुरुम्बाङ्ग २०४६ सालमा सुब्बाबाट सरकारी जागिरमा प्रवेश गर्नुभयो । त्यसपछी २०४९ सालमा नेपाली सेनाको सहायक सेनानीमा नाम निकालेपछी २०५३ सालसम्म नेपाली सेनामा जागिरे हुनुभयो । कुरुम्बाङ्गले नेपाली सेनाको जागिर पनि छोडेर फेरी २०५५ सालमा निजामति कर्मचारीको अधिकृतमा नाम निकाल्न सफल हुँदै उपसचिव भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘शैक्षिक योग्यताको अनुभवले होला, जुनबेला पनि नाम निकाल्न सफल भँए ।’ हरेक पटक नाम निकाल्न सफल भएको सम्झिदै उहाँले भन्नुभयो । सुरुमा अछाम जिल्ला त्यसपछि ताप्लेजुङ्ग, सोलुखुम्बु, म्याग्दी, प्युठान, मोरङ्ग लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदै अहिले बर्दियाको प्रमुख जिल्ला अधिकारी भएर झण्डै ७ महिना अघि बैशाखमा आएको छु। आफूले काम गर्ने जिल्लाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक अवस्था, सरकारी कार्यालयले गरिरहेको कामकारवाही, विकास निर्माणका बारेमा जानकारी लिएर जाँदा सजिलो हुने उहाँको अनुभव छ । त्यसैले उहाँले जिल्लामा आफु आउनु अघि कार्यरत प्रजिअ सँगै स्थानीयबासिन्दाको सहयोग पनि लिने गर्नुहुन्छ । सधैँ सच्चा नागरिककै पक्षमा रहेर काम गर्ने उहाँको अडान छ ।
भोट गर्ने तरिका-
अनलाइनबाट कुरुम्बाङ्गलाइ भोट गर्न सबैभन्दा पहिला यो लिँकमा क्लिक गरेर खोल्नुहोस् ।
http://www.integrityidol.org/countries/nepal/आफूलाई मनपर्ने व्यक्तिलाई पनि चयन गर्न सक्नुहुन्छ । तर कुनै एकजनालाई मात्र क्लिक गर्नुहोस् ।–एसएमएसबाट कुरुम्बाङ्गलाई भोट गर्दा मोवाइलको म्यासेज बक्समा गएर IIN 4लेखेर 34001 मा एसएमएस पठाउनुहोस् । जस्तै IIN लेखेपछी एउटा स्पेस दिएर 4लेखेर 34001 मा पठाउनुहोस् ।