आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलवार ११:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाईल तस्बिर
काठमाण्डौ,१८ मंसिर।नेपाल आयल निगमले आज (सोमबार )देखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हो।नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १२ रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९९ रुपैयाँ प्रतिलिटरमा झरेको छ । निगमले भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको जनाएको छ ।
Advertisement
अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले पेट्रोलियम पदार्थको कारोबारमा अहिले निगमलाई धेरै राहत मिलेको निगमले जनाएको छ ।