नेपालगन्जमा एक साथ दुईवटा फार्मेसीमा आगलागी हुँदा ६० लाख बढीको क्षति
प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार ११:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२० मंसिर। नेपालगन्जमा एक साथ दुईवटा मेडिकल फार्मेसीमा आगलागी भएको छ। नेपालगन्ज मेडिकल कलेजको उत्तर गेट नजिकै रहेका माया मेडिकल र सफा मेडिकलमा गए राति आगलागी हुदा अनुमानित ६० लाख बढ़ीको क्षती भएको अनुमान गरिएको छ।
Advertisement
गए राति १० बजे तिर माया मेडिकल र सफा मेडिकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । दुई मेडिकलमा आगलागीबाट भएको क्षतिबारे एकिन जानकारी नआइसकेको भए पनि प्रहरी निरीक्षक रणवहादुर विष्टले माया मेडिकल हलमा करीव २५ लाख र सफा मेडिकल हलको करीव ३५ लाख बराबरको सामान जलेर नष्ट भएको जानकारी दिएका छन्। तर यसो हेर्दा १ करोड बराबर सम्मको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।राति १० बजे आगलागी भएलगत्तै दमकल बोलाएर जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले २ घण्टाभित्र आगो नियन्त्रणमा लिएको जनाएको छ । विद्युत सर्ट भएका कारण आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।