चिसो छल्न जाजरकोट झर्दै डोल्पाली
प्रकाशित मिति : २०७५, २८ मंसिर शुक्रबार १६:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जाजरकोट, २८ मंसिर ।माथिल्लो डोल्पामा चिसो र हिमपात हुन थालेपछि त्यहाँका स्थानीयवासी जाजरकोट झरेका छन् ।
चिसो छल्न डोल्पाका तीन स्थानीय तहका स्थानीयवासी घर छाडेर जाजरकोटका विभिन्न बस्तीमा आएका हुन् । माथिल्लो डोल्पाका स्थानीय तह फोक्सुण्डो, डोल्पोबुद्ध, छार्का ताङसुङ गाउँपालिकाका स्थानीयवासी लत्ताकपडा, खच्चड, भेडा लिएर बेँशी झरेका छन् ।
चिसो बढेसँगै डोल्पाका आवासीय र सामुदायिक विद्यालय बन्द गरिएका छन् । अहिले जाजरकोट झरेका डोल्पाका स्थानीयवासी यार्सागुम्बाको मौसम शुरु भएसँगै वैशाखमा माथिल्लो डोल्पा जाने गरेको फोक्सुण्डो गाउँपालिका– ६ की भगवतीखत्री गुरुङले बताउनुभयो । गाउँ नै सुनसान हुनेगरी जाजरकोटको नलगाड नगरपालिकामा बसाइँ सर्ने गरेको उहाँको भनाइ छ ।
डोल्पाबाट आउँदा सँगै ल्याएका जडीबुटी, सिमी, लगायतका वस्तु जाजरकोट, रुकुम र सल्यानसम्म गएर बिक्री गरी आएको पैसाले घर फर्कदा खाद्यान्न, लत्ताकपडा किनेर लाने गरेको डोल्पोबुद्ध गाउँपालिका – ३ का इताङ गुरुङले जानकारी दिनुभयो । जाजरकोटको नलगाड नगरपालिकाभित्र डोल्पाका कतिपय स्थानीयवासीबीच सो क्षेत्रमा बिहेवारी भएकाले पनि बस्न सजिलो भएको उहाँको भनाइ थियो । जुम्लाका स्थानीयवासी पनि पश्चिम जाजरकोटको कुशेगाउँपालिकाका विभिन्न ठाउँमा आएर तातोयाम शुरु भएसँगै जुम्ला जाने गरेका छन् ।रासस।
Advertisement