३३ किलो सुनसहित भारतबाट दुई नेपाली पक्राउ
प्रकाशित मिति : २०७५, २९ मंसिर शनिबार १३:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाण्डौ,२९ मंसिर। गृह मन्त्रालयले ३३ किलो सुनसहित भारतबाट दुई नेपाली पक्राउ परेको जानकारी दिएको छ।
Advertisement
गृहका अनुसार पक्राउ पर्नेमा इटहरीका हेमप्रसाद शर्मा र राकेश प्रसाद रहेका छन्। दुबै इटहरीका भएको गृहको दाबी छ।
गृह स्रोतले दुबैलाई भारतको डाइरेक्ट टोरेस्ट रेभिन्यू इन्टेलिजेन्स ब्युरोले गत डिसेम्बर ७ तारिखमा पक्राउ गरेको जानकारी दियो।
ब्युरोले दिल्ली–कोलकाता राजमार्गस्थित दनकुनी प्लाजाबाट मारुती स्वीफ्ड गाडी नियन्त्रण लिएर सुन बरामद गरेको मन्त्रालयले जनाएको छ।
उक्त सुन गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको हुन पनि सक्ने शंका गृहको छ।
पश्चिम बंगालस्थित दनकुनी प्लाजा नजिकबाट कोलकाता–दिल्ली सिधा रेलवे स्टेशन छ। उक्त सुन दिल्ली लैजान प्लाजामा राखिएको हुनसक्ने आशंका गरिएको छ।
‘सुनसहित नेपाली पक्राउ परेको र त्यो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराइरहेको हुनसक्ने अनुमान हाम्रो छ,’ गृहका एक उच्च अधिकारीले भने।
प्रहरी स्रोतका अनुसार पश्चिम बंगाल अहिले सुन तस्करीको ‘ट्रान्जिट’ हो। केही समयअघि सिलिगुडीमा ३० किलो सुन समातिएको भारतस्थित प्रहरीलाई उद्धृत गर्दै नेपाल प्रहरीले जनाएको छ। उक्त सुन भूटानबाट सिलिगुडीसम्म आएको शंका गरिएको थियो। अहिले पक्राउ परेको सुन पनि त्यस्तै हुनसक्ने आशंका गरिएको छ।
विमानस्थलबाट गायब पारेको उक्त सुन मोरङ उर्लाबारीका चूडामणि उप्रेतीको भएको दाबी गरिएको थियो। सुन प्रकरणमा उनीसहित ६३ जनाविरूद्ध अदालतमा मुद्दा चलिरहेको छ। सेतोपाटीबाट।