डुडुवा गाउँपालिकामा विपत् सम्वन्धि पाठ्यक्रम अवधि भाषामा निर्माण
प्रकाशित मिति : २०७५, ४ पुष बुधबार १८:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ४ पुस । बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत्का विद्यालयहरुमा स्थानीय अवधि भाषामा विपत् सम्वन्धि पाठ्यक्रम लागू हुने भएको छ ।
Advertisement
विद्यालयमा विपत् जोखिम न्युनीकरणका लागि स्थानीय पाठ्यक्रम तयार पारिएको हो । सेभ द चिल्डेनको सहयोगमा बाँके युनेस्को क्लब र डुडुवा गाउँपालिकाको संयुक्त पहलमा पाठ्यक्रम निर्माण गरिएको छ । नेपाली भाषामा राम इकबाल मण्डल, बद्रेआलम खाँ, गोपीचन्द्र बर्मा र मोहम्मद हुसेन खाँको समूहले तयार पारेको पाठ्यक्रमलाई स्थानीय अवधि भाषामा उपलब्धिमूलक बनाउनका लागि राकेश कुमार मिश्रले अनुबाद गर्नुभएको छ ।
विपत् अन्र्तगत् बाढी, आगलागी, सर्पदंश, भूकम्प, शितलहर, गर्मी, हुरी बतास, सवारी दुर्घटनाका विषयमा आठ वटा पाठ निर्माण गरी अनुबाद गरिएको छ । सो विषयका पाठ शिर्षकलाई विद्यालयका कक्षा एक देखि पाँच कक्षा सम्मका विद्यार्थीहरुलाई अध्यापन गराइनेछ । अवधि समुदायका बालबालिकाहरुका लागि मातृ भाषामा अध्यापन गराउँदा छिटो, सहज र सरलरुपमा बुझ्नका लागि सो पाठ्यक्रम तयार पारिएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो ।
गाउँपालिकामा शिक्षाको अवस्था निकै दयनीय रहेकाले अवधि भाषी समुदायको बाहुल्यतामा यो पाठ्यक्रमले सहयोग गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।
गाउँपालिका अन्र्तगत् १७ वटा सामुदायिक बिद्यालय र १५ वटा मदरसामा सो पाठ्यक्रम लागू गरिने बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक दिपेन्द्र चौधरीले बताउनुभयो ।
नेपालको शिक्षा क्षेत्रमा विपत् जोखिम न्युनीकरण तथा बिद्यालय सुरक्षा प्रबद्र्धन र सुदृढीकरण परियोजना अन्र्तगत् बिद्यालयमा विपत् जोखिम न्युनीकरणका लागि आज स्थानीय पाठयक्रम प्रशिक्षण तालिमको आयोजना गरियो ।
विद्यालयमा पठनपाठनका लागि सो बिद्यालयका शिक्षकहरुलाई आज अभिमुखीकरण गरिएको छ । शिक्षकहरुलाई सम्वन्धित विषयबस्तुमा रही पठन शैलीका बारेमा तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई बाँकेका प्रमुख गोर्खबहादुर थापाले स्थानीय अवधि भाषाको पाठ्यक्रमले विद्यालयमा बालबालिकाहरुको नियमितता बढ्ने भन्दै सिकाई उपलब्धि हुने बताउनुभयो ।
उहाँले स्थानीय परिबेशलाई प्राथमिकता दिई विपत् अवस्थामा पूर्ब तयारीका लागि ज्ञान सिपमा बृद्धि हुने बताउनुभयो । तालिममा शैक्षिक तालिम केन्द्र बाँकेका प्रमुख माधव शर्माले सहजीकरण गर्नुभएको थियो ।