वडा अध्यक्ष बेहनाले मदरसा गुल्सने मदिनालाई आफ्नो तलब भत्ता दिने घोषणा
प्रकाशित मिति : २०७५, ७ पुष शनिबार १९:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज,७ पुस। नेपालगञ्जको वडा नम्बर ४ ले गणेशपुर स्थित मदरसा दारुलउलुम गुल्सने मदिनाको निरिक्षण गरेको छ।
Advertisement
वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाको नेतृत्वमा सबै जनप्रतिनिधिहरुले मदरसाको निरिक्षण गरेका हून्। मदरसा व्यवस्थापन समितिले जनप्रतिनिधिको भब्य स्वागत गर्दै मदरसामा हुने गतिविधि लगायत समस्याहरुको जानकारी गराएको थियो।
कक्षा ४ सम्म अनुमति पाएको मदरसामा हाल २ सय ८ विद्यार्थीहरुले अध्ययन गर्दै आएको मदरसाका प्रधानाध्यापक मौलाना नसरुदिन अन्सारीले बताए ।
यस्तै मदरसामा ६ जना शिक्षक-शिक्षिका लगायत एक कार्यालय सहयोगी कार्यरत रहेको जानकारी दिदै राज्यको तर्फबाट एकमुट अनुदान बापत १ लाख ६८ हजार बाहेक कुनै पनि सहयोग नआउदा मदरसा सञ्चालनमा कठिनाई हुने गरेको बताए ।
उनले खेलकुद मैदान अन्य सतहभन्दा होचो भएको कारण पानी डुवानको समस्या रहेको जानकारी गराएका थिए ।
वडा अध्यक्ष मो. सफिक बेहनाले आफ्नो तलब भत्ता र आफनो ब्यक्तिगत पैसाले चाडो भन्दा चाडो गिजर र वुलन कार्पेट उपलब्ध गराउने जानकारी दिएका थिए
तत्कालको लागि पानी तातो गर्नको लागि आवश्यक पर्ने गिजर र बच्चाहरुलाई बस्दा चिसो नलागोस भने वुलन कार्पेट आफ्नो व्यक्तिगत तरिकाले नै सहयोग गर्ने अध्यक्ष बेहनाले बताए। त्यस्तै अध्यक्ष बेहनाले वडाबाट हुन सक्ने सहयोगको लागि आफुहरु सदैव तयार रहने बताए ।
मदरसा व्यवस्थापन समितिका अध्यक्ष रफिक अहमद हल्वाईको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा वडाका जनप्रतिनिधि, प्रत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, वडा नम्बर ४ का समाजसेबी मो.सलिम मुसलमान लगायतलाई दोसल्ला ओडाई स्वागत तथा सम्मान गरिएको कार्यक्रमको सहजिकरण बाँके युनेस्को क्लवका गुलाम गौशले गरेका थिए।
यस्तै शनिबार दिउँसो वडा अध्यक्ष बेहनाले ४ नम्बर स्थित गौसियामा निर्माण भईरहेको पिसिसि बाटोको समेत अबलोकन गर्नुभएको छ। अबलोकन गर्दै अध्यक्ष बेहनाले निर्माण कार्य गरिरहेको कम्पनीलाई गुणस्तर र स्तरीय काम गर्न निर्देशन समेत दिनुभएको छ।