वडा नम्बर ४ द्वारा असहाय विद्यार्थीलाई ड्रेस र खाजा खर्च सहयोग
प्रकाशित मिति : २०७५, ९ पुष सोमबार १५:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,९ पुस । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्वर ४ ले असहाय विद्यार्थीहरुलाई ड्रेस र बर्ष दिनलाई खाजा खर्च वितरण गरेको छ ।
Advertisement
वडा नम्वर ४ स्थित खेल्दै सिक्ने केन्द्रका बिपन्न विद्यार्थीहरुलाई वडाबाटै ड्रेस र खाजा खर्च बापत् ५० हजार रुपैयाँ बराबरको सहयोग गरिएको हो । वडाले १५ जनालाई ड्रेस हस्तान्तरण गर्नुका साथै एक बर्षको खाजाक लागि पैसा उपलब्ध गराएको छ ।
वडा नम्वर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी कार्यपालिका सदस्य इन्दिरा शाही, वडा नम्वर ४ कै सदस्यहरु मेनका जोशी, प्रताप सिंह सिंजापति, जयपत्रा कोरी, वडा नम्वर ४ का सचिव राज कुमार कार्की लगायत खेल्दै सिक्ने केन्द्रकी लक्ष्मी केसीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बेहनाले शिक्षा सबैका लागि जरुरी रहेको बताउँदै निजी वा सरकारी जुनसुकै विद्यालयमा पढेपनि जीवनमा राम्रो गर्न अठोट चाहिने बताउनुभयो । सरकारी विद्यालयबाटै पढेकाले देश हाँकिरहेको भन्दै उहाँले बालबालिकालाई पढ्ने वातावरण मिलाइदिनु सबै दायित्व भएको बताउनुभयो । असहाय बालबालिकालाई सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको अध्यक्ष बेहनाले बताउनुभयो । भोलिका दिनमा पनि यस्तो सहयोग वडाका तर्फबाट गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा खेल्दै सिक्ने केन्द्रकी केसीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।