नेपालगञ्ज भन्सारमै थन्कियो ६० लाख बढिको चिनी
प्रकाशित मिति : २०७५, १२ पुष बिहीबार १३:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, १२ पुस । भारतबाट आयात गरिएको ६७ लाख मूल्य बराबरको चिनी भन्सारमै थन्किएको छ । एक लाख ४४ हजार किलो चिनी चार महिनादेखि नेपालगञ्ज भन्सारमै थन्किएको हो ।
Advertisement
सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएछि उक्त परिणामको चिनी भन्सारमै रोकिएको हो । गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि यस क्षेत्रका लागि दशैँ र तिहारलाई लक्षित गरी ल्याइएको ६७ लाख २० हजार मूल्य बराबरको चिनी भन्सारमै थन्किएको हो।
सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको दुई दिनपछि मात्र व्यापारीले खरिद गरेको चिनी नेपालगञ्ज भन्सारमा आइपुगेकाले भन्सारमै थन्किएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिनुभयो ।