राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निजी अस्पतालझै महंगो बन्दै
प्रकाशित मिति : २०७५, १४ पुष शनिबार ११:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
खेमराज रिजाल/दाङ, पुस १४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकै महंगो उपचार केन्द्र बनाउने तयारी थालिएको छ । प्रतिष्ठानले उपचार शूल्क निकै महंगो बनाउने गरि तयारी थालेको हो । प्रतिष्ठानले तयार पारेको शूल्क झण्डै नीजि अस्पताल सरह छ ।
Advertisement
प्रतिष्ठानमा गाभिएको राप्ती उपक्षेत्रीय अस्पतालले लिँदै आएको उपचार शूल्क भन्दा प्रतिष्ठानको उपचार शूल्क अधिक बढि निर्धारण गर्न थालिएपछि यसको मारमा सबै भन्दा बढि असहाय तथा गरिब नागरिकहरु पर्ने भएका छन् ।
प्रतिष्ठानले अप्रेशनको शुल्क २ हजार देखि २० हजार रुपैयाँ सम्म निर्धारण गर्ने तयारी थालेको छ । नयाँ शूल्क अनुसार सामान्य अप्रेशनको २ हजार रुपैयाँ उल्लेख गरिएको छ । यसैगरि मध्यम खालको अप्रेशनका लागि ८ हजार र जटिल अप्रेशनका लागि बीस हजार रुपैयाँ निर्धारण गरिएको छ । जबकी यसअघि राप्ती उपक्षेत्रीय अस्पतालले सामान्य अप्रेशनको शूल्क ५ सय रुपैयाँ निर्धारण गरेको थियो भने जटिल अप्रेशनको शुल्क ६ हजार मात्रै लिँदै आएको थियो । ‘सरकारी स्वास्थ्य प्रतिष्ठानले यसरी तोकेको चरम शूल्क विपन्न नागरिकहरुले कसरी तिर्न सक्छन् रु’ एक चिकित्सकले भने ‘यो पाराले त उपचार अभावमा बिरामीहरुले ज्यानै गुमाउनु पर्ने अवस्था आउने देखियो ।’
यसैगरी सामान्य ओपिडि सेवा ९ १० दिनका लागि ० १ सय रुपैयाँ तयार पारिएको छ । यसअघि उपक्षेत्रीय अस्पतालले २५ रुपैयाँ मात्रै लिँदै आएको थियो । यसैगरि विशेष ओपिडि सेवाका नाममा प्रतिष्ठानले थप एक सय रुपैयाँ शुल्क तोक्ने तयारीमा छ । ईमरजेन्सी सेवाका लागि ३० रुपैयाँ तिर्दै आएका बिरामीहरुले प्रतिष्ठानको शूल्क पास भए अब २ सय रुपैयाँ तिर्नु पर्ने भएको छ । यसैगरि सामान्य बेड चार्ज प्रतिदिन ५० रुपैयाँ तिर्दै आएका बिरामीहरुलाई प्रतिष्ठानको निर्णय कार्यान्वयन भए २ सय रुपैयाँ तिर्नु पर्ने छ । प्राईभेट बेडको शूल्क पनि ३ सय ७५ रुपैयाँबाट बढाएर १ हजार रुपैयाँ पुर्याउने तयारीमा प्रतिष्ठान छ। यसैगरि यसअघि निशुल्क सेवा प्रदान भैरहेको आईसियु, सिसियु, एनआईसियु, पिआईसियु,एमआईसियु बेडको शूल्क ३ हजार ५ सय रुपैयाँ निर्धारण गर्नेगरि प्रतिपष्ठानले गृहकार्य थालेको छ ।
यसैगरि बच्चाको ९नर्सरी बेड०प्रयोग गरेवापत ५ सय रुपैयाँ शूल्क प्रतिष्ठानले तोक्न थालेको छ । यसअघि राप्ती उपक्षेत्रीय अस्पतालले यो सेवा निशुल्क उपलब्ध गराउँदै आएको थियो ।
यसैगरी बिरामीहरुले भर्ना हुँदा चर्को शूल्क डिपोजिट राख्नु पर्ने गरि प्रतिष्ठानले नयाँ शुल्क निर्धारणको तयारीमा छ । प्रतिष्ठानले सामान्य बेडका लागि २ हजार,क्याविनका लागि ५ हजार,आईसियु,सिसियु,पिआईसियु,एमआईसियु र एनआईसियुका लागि ५ हजार रुपैयाँ बिरामीले अग्रिम धरौटी राख्नु पर्नेगरि शूल्क तयार पारिएको छ । यसैगरि बच्चाका लागि २ हजार,प्राईभेट वार्डका लागि २ हजार रुपैयाँ धरौटी शुल्क तय गर्नेतगरि प्रतिष्ठानले तयारी थालेको छ । यसैगरि यसअघि निशूल्क रहेको नर्सिङ चार्ज, र सामान्य वार्डबाट प्राईभेट वार्डमा बिरामी स्थानान्तरण हुन चाहे दुईहजार रुपैयाँ तिर्नु पर्ने भएको छ ।
यसैगरि दुरबिन विधिबाट एपेण्डिक्सको गरिने उपचार शूल्क २० हजार रुपैयाँ रहने गरि प्रतिष्ठानले योजना बनाएको छ । यो सेवाका लागि राप्ती उपक्षेत्रीय अस्पतालले बढिमा ६ हजार रुपैयाँ लिँदै आएको थियो ।
यसैगरि प्रतिष्ठानबाट प्राप्त हुने सिफारीसको शूल्क समेत महंगो बनाउन थालिएको छ । सिफारीसका लागि ५ सय रुपैयाँ शूल्क निर्धारण गर्न थालिएको छ । यसअघि उपक्षेत्रीय अस्पतालले दुई सय रुपैयाँ शूल्क लिँदै आएको थियो । स्वास्थ्य प्रमाणपत्रका लागि सिफारीस,लाईसेन्स लगाएतका सिफारीसहरु यस अन्तर्गत पर्दछन् ।
यसैगरी अल्ट्रासाउण्डको शूल्क समेत महंगो बनाउन प्रस्ताव गरिएको छ । ५ सय बाट यो सेवाको शूल्क एक सय रुपैयाँ बढाएर ६ सय रुपैयाँ पुर्याउन थालिएको छ । ईण्डोस्कोपी सेवाका लागि १ हजारबाट बढाई १ हजार २ सय रुपैयाँ पुर्याउने योजना बनेको छ । यसैगरि ईसिजिका लागि २ सय रुपैयाँ उल्लेख गरिएको छ । उपक्षेत्रीय अस्पतालले यसअघि यो सेवा १ सय ५० रुपैयाँमा प्रदान गर्दै आएको थियो ।
गत मंसिर १२ गते प्रतिष्ठानले प्रस्ताव गरेको महंगो शूल्कको प्रस्ताव तत्कालै कार्यान्यनमा लैजानका लागि प्रयास थालिएको छ । प्रतिष्ठान स्रोतका अनुसार आगामी जनवरी देखिनै यो शूल्क निर्धारण गर्ने गरि प्रतिष्ठानले प्रयास थालिरहेको छ । गत असोज १२ मा राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण भएको थियो । ‘भौतिक पूर्वाधार र उपचार सेवाको गुणस्तरियता भएको भएपनि शूल्क बृद्धिलाई असहज मानिन्थेन होला,’एक पुराना चित्सकले भने ‘पूर्वाधार र सेवा सुविधा बिनै बिरामीहरुको ढाड सेक्नेगरि शूल्क बढाउनु किमार्थ राम्रो हैन ।’
यता प्रतिष्ठानले भने नयाँ शूल्कका बारेमा प्रतिष्ठानले आन्तरिक गृहकार्यका लागि मात्रै तयार पारेको जनाएको छ । जिल्लामा रहेका विभन्न संघसंस्थाहरुसंगको सल्लाह बमोजिम नयाँ शूल्कका बारेमा मोटमोटी खाका तयार पारेको र उक्त खाकाका बारेमा छलफल चलिरहेको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले वताए । ‘यो नयाँ शूल्क जिल्लामा रहेका संघसंस्थाहरुसंगको छलफल र सल्लाहबाट तयार पारिएको हो,’ उनले भने ‘यो उपचार शूल्क कतै सिफारीस भएको छैन, प्रतिष्ठानले यस बिषयमा आन्तरिक छलफल गरिरहेको मात्रै हो ।’ फरककोणबाट।