नेपालगन्जमा शुरू भयो भूकम्प प्रतिरोधक भवन निर्माण इन्जिनियरीङ्ग तालिम
प्रकाशित मिति : २०७५, २० पुष शुक्रबार २२:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२० पुस।नेपालगन्जमा ईन्जिनियर तथा सब-ईन्जिनियरका लागि ३ दिने भुकम्प प्रतिरोधात्मक घर डिजाइन तथा निर्माण सम्बन्धि आधारभूत तालिम शुक्रबारबाट शुुुरू भएको छ।
Advertisement
आइतबार सम्म चल्ने तालिममा नेपालगंज उप-महानगरपालिका र भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल(एनसेट ) को आयोजनामाँ सञ्चालन गरिएको हो। भुकम्प प्रतिरोधात्मक “दरो घर, दिगो बस्ती ” अन्तर्गत सञ्चालन भएको तालिमको उदघाटन नेपालगन्जका मेयर डा.धवल शमशेर राणाले गर्नुभएको थियो ।
उदघाटन कार्यक्रम बोल्दै मेयर डा. राणाले सबै सहभागीहरुलाई तालिमबाट राम्रो ज्ञान लिई फिल्डमा पनि उतार्न सुझाब दिदै उपमहानगरले क्रमिक रुपमा यस्ता खाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भएको थियो ।त्यस्तै तालिममा भवन निर्माण संहिता बारे बिस्तृत रुपमा अभ्यास र सैद्धान्तिक ज्ञानको आदानप्रदान हुने पर्ने कुरालाई जोड दिनु पर्ने नेपालगंज उमहानगरपालिकाका ई. सुरज शर्माले बताउनु भयो।
तालिममा उपमहानगरपालिकाको तर्फबाट स्रोत ब्यक्तिमा ई. सुरज शर्मा, आ. निवेश कुमार शर्मा, स. ई मोहन ओली र एनसेटको तर्फबाट ई.सागर आचार्य, ई. करुना शाक्य , ई. रबिन्द्र प्रसाद बोहोरा र वसन्त चौधरीको सहभागी रहेका छन्।
तालिममा नेपालगंज उपमहानगरपालिका, गुलरिया नगरपालिका, कोहलपुर नगरपालिकामा कार्यरत प्राबिधिक र परामर्शदाता गरि ३२ जना सहभागी रहेका छन् ।