हुम्लामा अत्यधिक हिमपात हुदा जनजीबन कष्ठकर बन्दै
प्रकाशित मिति : २०७५, २५ पुष बुधबार ११:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाईल फोटो
हुम्ला, २५ पुस। हुम्ला जिल्लामा अत्यधिक हिमपात हुदा जनजीबन कष्ठकर बन्दै गईरहेको छ ।हुम्ला सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ ।
Advertisement
विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि लगातार हिउँ पर्दा हवाईसेवा अवरुद्ध भएको छ। हवाईसेवा अवरुद्ध हूँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ ।
हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । “एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न नसकिएको ” स्थानीयवासी पासाङ लामाले भन्नुभयो ।