दैलेखमा आठ बालविवाह रोकिए
# रासस
प्रकाशित मिति : २०७५, २६ पुष बिहीबार १०:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तस्बिर: गूगल
दुल्लु( दैलेख), २६ पुस ।दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा आठ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महीनामा आठ बालविवाह रोकिएको हो ।
Advertisement
वडाध्यक्ष राजुकुमार खत्रीका अनुसार यही पुस महीनामा मात्रै उमेर नपुग्दै गर्न लागिएका आठ बालविवाह रोकिएका हुन् । भोजसहित विवाह गर्न तयार रहेका जोडीका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफलपछि विवाह रोकाइएको थियो ।
गत दुई वर्षको अवधिमा बालविवाह गर्नेको सङ्ख्यामा कमी आए पनि पछिल्लो समय बालविवाह गर्नेको सङ्ख्या बढेकाले वडा कार्यालय र त्यहाँ कार्यरत गैससले सक्रियता देखाएका हुन् । वडामा रहेको स्वास्थ्यचौकी र महिला सशक्तिकरण मञ्च दैलेख शाखा पनि बालविवाह रोक्न जुटेको छ । बालविवाह हुने तयारीबारे जानकारी हुनेबित्तिकै केटा र केटी पक्षका अभिभावकलाई वडामा बोलाएर बालविवाहबाट हुने असर, बालविवाहबारे कानूनी प्रावधानबारे जानकारी गराएर दुवै पक्षको सहमतिमा विवाह रोकाइएको थियो ।
केटा र केटी दुवै पक्षले उमेर पुगेपछि मात्रै विवाह गर्ने प्रतिबद्धता गर्ने गरेका छन् भने उमेर नपुग्दै विवाह गरेमा उनीहरुका अभिभावकलाई नै कारबाही गरिने वडाध्यक्ष खत्रीले बताउनुभयो ।