हजारौं राजा भन्दा एउटा राजा निको…..
प्रकाशित मिति : २०७५, २७ पुष शुक्रबार १२:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
हेमन्त राज काफ्ले
२७ पुस। राजा राजा नै हुन्। देश निर्माण र नेपालको अस्तित्व बचाउनमा राजाको निकै ठूूलो महत्व छ । हाम्रो देशमा राजाहरु नभएको भए सायद यो देश कसैको उपनिबेष भइसक्थ्यो होला । यहाँ राजा भैइदिएको भए महँगी हुने थिएन होला । जनताहरु आजित हुन लागि सके, जनताहरु रोग, शोक र भोकमा छ्न् तर नेताहरु मोज, भोज र जलपानमा छ्न्। यही हो नेतातन्त्र। आज अपराधीहरुलाई नि सम्मान गर्नुपर्ने अवस्था बनाएका छ्न् नेताले । हामीले जे गरे पनि हुन्छ सोचेका होलान्, सायद। सोझा साझाका दिन गयो यो देशमा त ।
Advertisement
भ्रष्टाचारले चरम रुप लिइसकेको छ। जम्मै भ्रष्ट नेता, भ्रष्ट कर्मचारी, भ्रष्ट सबै हामी, तिमी सबै भ्रष्ट । भ्रष्टचारको चंंगोलमा फसेको छ यो देश। देशको अस्थिर राजनीति अनि यो नाम मात्रको संघीयता धेरै राजाहरु उत्पादन गर्ने मेसिन रहेछ । संघीयता महङ्गो नै रहेछ । यो उही जनताको रगत निचोरे जस्तो । करै करको बहानाले हजारौं राजालाई कमाई खाने भाँडो अनि चिल्ला पजेरोको इन्धन बनेको छ । निकै अप्ठ्यारो पो रहेछ निकै सपना बुनेर जनता होमिएका थिए जनआन्दोलनमा । मात्र बाहाना रहेछ यो सबै नेता मोटाउने खेल रहेछ । पृथ्वीनारायण शाहले दिब्य उपदेशमा भनेका थिए… यो मेरा साना दुःखले आज्र्याको मुलुक होइन । सबै जातको फुलबारी हो । सबैलाई चेतना भया …..बास्तबमै नेपाल निर्माणका लागि बडा महाराजधिराज पृथ्वीनारायण शाहको निकै ठूलो देन छ। आज हामी शानले नेपाल भन्छौं । सबै उहाँकै देन हो।
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनतन्त्र आदि जुनै पनि तन्त्र हुन् कसैले पनि यी मान्यता हामीमा लागू हुन्न भन्ने हिम्मत गर्दैन । साम्यवाद, पुँजीवाद, समाजवाद , मार्क्सवाद, माओवाद जेसुकै वाद हुन् । मूलभूत कर्तव्य र लक्ष्य यिनै हुन् । यी मान्यताहरुको बिरोध गर्ने सबै कर्तव्यच्यूत भएको मानिन्छ । कल, छल, कपट बल आदिले केही समय कसैले मनोमानी गरे पनि कालान्तरमा त्यसो गर्ने तिरस्कृत हुन्छ नै । जसरी कोही जिम्मेवारीबाट च्यूत भयो भन्दैमा प्रणाली नै च्यूत भएको मानिँदैन । त्यसै गरेर राजतन्त्र पनि व्यक्तिको व्यवहारले अछुत मानिन हुँदैन । किन जनमानसले जनआन्दोल्न गरे ? यसको उत्तर हो देश, काल, परिस्थितिले यी कुरा आवश्य सन् १९९३ मा गणतन्त्र फ्रान्सका संस्कृतिमन्त्री ज्याक लाङले घतलाग्दो विचार व्यक्त गरेका छन्, ‘संसारलाई फ्रान्सले देखाउने सभ्यता र संस्कृति राजतन्त्रकालकै हो ।
युरोपमा आज पनि राजतन्त्र भएकै देश बढी प्रजातान्त्रिक छन् र त्यहाँ जनताको अधिकार सर्वाधिक सुरक्षित छ । ब्रिटेन, नर्वे, स्विडेन, हल्याण्ड, बेल्जियम अत्यन्त सुखी, समुन्नत र प्रजातान्त्रिक राष्ट्रको पंक्तिमा छन् । चीनको सम्पूर्ण साँस्कृतिक क्रान्ति नै पुराना राजाहरुको अवशेष नै हो । संसारमा थुप्रै देशहरु उदाहरणको रुपमा छ्न् जहाँ राजा पुनर्जिबित भएर देशमा बिकास भएको यदि नेताहरु मालिक… मालिक र राजा भन्दा नि ठूला या उस्तै भए भने राजतन्त्र फेरि आउन सक्छ सबै जनताको हातमा छ जनता भन्दा ठूलो कोही हुनै सक्तैन । दश वर्षसम्म नेपाली जनताले दलहरू मार्फत् गणतन्त्रबाटै स्थायित्व, सुख, शान्ति र समृद्धि दिन्छन् भनेर पर्खेर बसेकै हुन् तर आज धेरै गणतन्त्रवादी राष्ट्रपतन हुने डरले विदेशीको थिचोमिचो सहनुभन्दा राजसंस्था पुनःस्थापना गराएर नेपाललाई सुरक्षित बनाउन सकिन्छ कि भनेर छलफल गर्न थालेका छन् ।
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता नेपाल र नेपालीको चाहना होइन भनेर एमाले र कांग्रेसका नेताहरूले बोलिरहेका छन् । २०४७ सालपछि २५ वर्षमा २५ पटक सरकार परिवर्तन भए पनि दलहरूको चरित्रमा कुनै परिवर्तन आएको छैन । बरु गद्दीच्युत राजाले आफूबाट भूलचुक भएको स्विकारेका छन् । लोकतन्त्रको नाममा राष्ट्रलाई भोकतन्त्र भोग्न बाध्य बनाउने मिसनमा प्रायः नेताहरू बडो अग्रगामी भएर लागेका छन् । त्यसैले हामी हट्नासाथ राजतन्त्र आउँछ भनेर उनीहरू त्रास देखाइरहेका छन् । इतिहासले प्रमाणित गरेको छ, राष्ट्र संकटमा पुग्यो भने राजतन्त्र मात्र होइन, कुनै पनि पोशाकमा अधिनायकवाद आउन सक्छ किनभने राजनीतिमा कोही पनि निर्विकल्प हुँदैन ।
दस वर्षसम्म नेपाली जनताले दलहरू मार्फत् गणतन्त्रबाटै स्थायित्व, सुख, शान्ति र समृद्धि दिन्छन् भनेर पर्खेर बसेकै हुन् । तर आज धेरै गणतन्त्रवादी राष्ट्रपतन हुने डरले विदेशीको थिचोमिचो सहनुभन्दा राजसंस्था पुनःस्थापना गराएर नेपाललाई सुरक्षित बनाउन सकिन्छ कि भनेर छलफल गर्न थालेका छन् । गणतन्त्र, धर्म निरपेक्षता र संघीयता नेपाल र नेपालीको चाहना होइन भनेर विभिन्न दलका नेताहरूले बोलिरहेका छन् । २०४७ सालपछि २५ वर्षमा २५ पटक सरकार परिवर्तन भए पनि दलहरूको चरित्र र काम गराई शैलीमा कुनै परिवर्तन आएको छैन । बरु राजाले आफूबाट भूलचुक भएको स्विकारेका छन् तर नेताहरूले कहिले नि स्विकारेका छैनन् । के नेपाल प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको प्रयोगशाला हो । देशलाई अनिर्णयको बन्दी बनाइनु हुँदैन । आफ्नो बाजेको बिरता कसैले सम्झनु हुँदैन । जनता आजित भइसके फोकटको हावाका जहाज र बिजुली अनि तिनी रेलका कुराले । के जनताको अत्यावश्यक पानीजहाज हो त ? कति रोगले मरेका छ्न्… कति शोकले मरेका छन्…. कति बिदेशबाट बाध्यताले लास बाकसमा आएका छ्न्…. बुझ्ने कसले ?
हेक्का रहोस् यदि यसैगरी देश अनिर्णयको बन्दी बन्छ, जनता रोग, भोक र शोकमै हुन्छ्न् भने देशले या त जनताले नेतातन्त्रको अन्त्य गरेर फेरि उही राजतन्त्र बिउँताउन सक्छ्न् । जनतामा आस्था मरेको छैन राजाप्रति। बरु नेताप्रतिको बितृष्णा जाग्दै गएको छ । जनता भनेको देशको एक ठूलो तागत हो यिनी हजारौ महँगी बढाउने राजा भन्दा एउटै राजा निको । जय जनता!