नेपालगन्ज महोत्सवमा थापा र लामाले दर्शकलाई झुमीझुमी नचाए
प्रकाशित मिति : २०७५, २८ पुष शनिबार १९:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२८ पुस।नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ को तेस्रो दिन नेपाल आइडलका सुरज थापा र गायिका सरस्वती लामाले दर्शकलाई झुमीझुमी नचाएका छन्।
Advertisement
चर्चित गीत आमाले सोध्लिन खोइ छोरा भन्ने गीत गाउँदै स्टेज उक्लेका गायक थापाले खाइदेउ गोरि गालामा म्वाई लगाएतका दर्जनौ गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्कि गायिका सरस्वती लामाले लामिछाने
भने , उर्वशी ,कलिलो तामालाई लगाएतका दर्जनौ गीत गाएर दर्शकलाई नचाएकी थिइन। त्यस्तै नृत्य प्रतियोगिताको दोस्रो अडिसन पनि शनिबार सम्पन्न थियो। अडिसन दिन शनिबार जम्मा २२जना प्रतियोगिले अडिसन दिएका थिए।
साथै मेलाको चौँथो आइतबारको दिन गायिका रेस्मा पुन,चर्चित गायक एस कुमार, हास्यकलाकार झक्कड थापा लगाएत नृत्य प्रतियिगिता लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।
एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रगणमा शुरु भएको महोत्सवमा शनिवार गायिका तथा मोडल सरस्वती लामा सुरज थापा र सुमन गिरीले आफ्नो प्रस्तुती दिने प्रचारप्रसार समितिका संयोजक सुनिल रेग्मीले जानकारी दिनुभयो ।
महोत्सवमा खुल्ला नृत्य तर्फ सहभागी भएकाहरुको शुक्रवारवाट अडिसन शुरु भएको छ ।। नृत्य तर्फ प्रथम हुनेले नगद पचास हजार सहित म्युजिक भिडियोमा समेत अवसर दिईनेछ भने दोस्रोले ३० तेस्रो २० हजार पुरस्कार पाउने छन् ।
महोत्सवमा राष्ट्रिय कलाकार, विराज भट्ट, निखिल उप्रेती, ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्रि परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अन्जली अधिकारी सुमन गिरी लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजक टिमले जानकारी गराएको छ । महोत्सव टिमका संयोजक बुढाले दुई किसिमको टिकट दर रेट रहेको जानकारी गराउँदै महोत्सवमा ५० रुपैया र विद्यार्थीका लागि ४० रुपैया टिकट दररेट राखिएको छ । महोत्सवमा १ सय ५० भन्दा बढि स्टलको छ । महोत्सव अवधिभर १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।।