डुडुवा गाउँपालिकामा कृषि बीउ संकलन तथा भण्डारण केन्द्रको निमार्ण शुरु
प्रकाशित मिति : २०७५, २ माघ बुधबार १६:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा (बाँके), २ माघ । डुडुवा गाउँपालिकाका किसानलाई सहुलियतमा कृषि बीउ उपलब्ध गराउनका लागि कैराँती बीउ संकलन तथा प्रशोधन भण्डार निर्माणको प्रक्रिया शुभारम्भ भएको छ ।
Advertisement
गाउँपालिकाको वडा नंं. २ कैराँतीपुरवास्थित कोटही मातामा रहेको करिब १० कठ्ठा जग्गामा तीन बर्षे योजना अन्तर्गत् करिब साढे दुई करोडको लागतमा भण्डारण केन्द्र निर्माण प्रक्रिया शुरु गरिएको छ । सो भण्डारण केन्द्रको आज एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्नुभयो । शिलान्यास गर्दै अध्यक्ष चौधरीले किसानहरुले समयमा कृषि बीउ बिजन नपाएर राम्रो अन्न उत्पादन गर्न नसकेको अवस्थामा भण्डारण केन्द्रले समयमा बीउ उपलब्ध गराई उत्पादनमा बृद्धि गर्नमा सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘किसानले आफैँ उत्पादन गरेका बीउलाई यहाँ भण्डारण गरिन्छ र प्रशोधन गरी उपलब्ध गराइन्छ, र अन्यत्र पनि बीउ बिक्रिका लागि निर्यात गरिन्छ’ ।
गाउँपालिकास्तरमा यो पहिलो पटक यस्तो ठूलो परियोजना शुरु भएपछि किसानहरु समेत खुशी भएका छन् । स्थानीय गोविन्दप्रसाद कैराँतीले केन्द्र निर्माण तथा संचालनका लागि १० कठ्ठा जमिन दान गर्नुभएको छ । परियोजना अन्तर्गत् वेयर हाउस (गोदाम), बीउ सुकाउने प्लेट फर्म, स्टोर भवन, ३ कोठा कार्यालय, बाउण्ड्री र खानेपानी शौचालय निर्माण गरिने छ । गाउँपालिकाको सहयोगमा कर्मागत रुपमा बार्षिक बजेट थप गरी निर्माण सम्पन्न गरिने सब इन्जिनियर मदनेश्वर झाले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ४० लाख रुपैयाँबाट निर्माण शुरु गरिने र तेस्रो चरणमा निर्माण सकिने योजना रहेको छ ।
अत्याधुनिक भण्डारण केन्द्रमा २ सय देखि ३ सय मेट्रिक टन बीउ भण्डारण गर्ने क्षमता रहेकोे छ । निर्माण हुने भण्डारण केन्द्रले बीउ भण्डारण, प्रशोधन, उत्पादन गरी अन्यत्र समेत बिक्रिका लागि निर्यात गरिनेछ । केन्द्रमा धान, गहँु मुख्य बालीका रुपमा राखिनेछ भने मकै र मसुरो पनि भण्डारण गरिने जनाइएको छ ।
शिलान्यास कार्यक्रममा उपाध्यक्ष साहिदा वानो, वडाध्यक्ष गजेन्द्र प्रसाद कैराँती, कार्यपालिका सदस्य लिलावती यादव, ढोडे पासी लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाले कृषि बाली सिंचाईका लागि सोही स्थानमा बोरिङ्ग समेत जडान गरेको छ । बोरिङ्गले किसानलाई खेतबारी सिचाइँका साथै गाउँटोलबासीका लागि खानेपानीको सुबिधा समेत बिस्तार गरिने गाउँपालिकाले जनाएको छ ।
त्यस अवसरमा कोटहीदेबी माताको मन्दिर भत्किएर जीर्ण अवस्थामा रहेकाले सो मन्दिरलाई पुनःनिमार्ण गर्न थालिएको छ । आजै जग्गादाता कैराँतीले मन्दिरको पूजापाठ गरी शिलान्यास गर्नुभयो ।