बाँकेमा सवारी चालक, परिचालकको स्वास्थ्य परिक्षण
प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार १७:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज,३ माघ। सवारी चालकको आज स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा आज वैजनाथ गाउँपालिका सम्झनाचौक स्थित अस्थायी प्रहरी पोष्ट सञ्चालित स्वास्थ्य परिक्षणमा एक सय ९८ जनाले लाभ लिएका छन्।
Advertisement
दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उदेश्यले सवारी चालक र परिचालकका लागि आँखा र पे्रसर सम्वन्धी परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरिक्षक हिरेन्द्र रोकायाले जानकारी दिनु भयो । कोहलपुर मेडीकल कलेज कोहलपुरका डा देवेन्द्र आचार्य, सामुदायिक स्वास्थ्य चौकी बनकटवाका पृथ्वीनाथ योगी, न्यौपाने आँखा उपचार केन्द्र कोहलपुरका हरि प्रसाद न्यौपाने, संगम मेडिकल हल संगमचौकका कृष्ण पौडेल सहितको टोलीले विभिन्न सवारी साधनका चालक तथा परिचालकहरुको स्वास्थ्य परिक्षण गरेको हो ।
बसका ९८, ट्रक ५३, जीपकार ३७, ट्रयाक्टर ४, टेम्पो ६ गरि एक सय ९८ चालक÷परिचालकको स्वास्थ्य परिक्षण गरिएकोमा ६ जनामा आँखा कमजोरी र ३६ जनामा पे्रशर देखीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । सवारी चेकजाँच मात्र नभई दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरिदै आइएको समेत ट्राफिक प्रहरी निरिक्षक रोकायाले जनाउनु भयो ।