नेपालगन्ज महोत्सवमा सुनिल गिरीले नचाए, मेरि बास्सै टिमले बेसरी हसाए !
प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार १९:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ४ माघ । नेपालगन्ज महोत्सवको नवौँ दिन शुक्रवार बहुचर्चित गायक सुनिल गिरि, एमटी महर, डान्सर प्रकाश सोनि तथा मेरि बास्सै टिमले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।
Advertisement
आज मात्रै बजारमा निस्केको “सोल्टिनी” गीत गाउँदै स्टेज उक्लेका गायक गिरीले को होला त्यो, कस्तो यो मन, देउराली भन्ज्याङ्ग लगायतका गीत गाएर उपस्थित दर्शकहरुलाई झुमी झुमी नचाएका थिए। त्यस्तै मेलामा गायक एमटी महरले पनि दर्शकहरुलाई चर्चित गीत सोलमारिमा टुच्च लगायत अन्य गीत गाएर नचाएका थिए।
मेलामा मेरि बास्सै टिमले पनि हास्य प्रर्दशन दिएर पेट मिची मिची हसाएका थिए भने प्रकाश सोनिले नृत्य प्रस्तुत गर्दा दिपेन्द्र वलिले ११३ आवाज निकालेर सुनाएका थिए।
सफलताका साथ नवौँ दिनमा प्रबेश गरेको महोत्सवमा नृत्य प्रतियोगिता पनि आजै सम्पन्न भएको थियो। प्रचारप्रसार संयोजक सुनिल रेग्मिका अनुसार आज जम्मा १६ जनाले प्रतिस्पर्धा गरेका थिए। जस्मध्ये ६ जना आजबाट बाहिरिएका थिए। भोलि १० जनाले सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्ने छन।
मेलाको दशौं दिन माघ ५ गते चर्चित गायिका मेलिना राई, लोकदोहोरी गायिका करिश्मा घर्ती, हास्यकलाकार को प्रस्तुती रहने आयोजकले जनाएको छ।
महोत्सव माघ ८ गते सम्म लाग्ने आयोजकका अध्यक्ष नन्दु बुढाले जानकारी दिए।