‘महिला तथा वालवालिका सेवा केन्द्र’ बाँकेले गर्यो बनभोज कार्यक्रम
प्रकाशित मिति : २०७५, ६ माघ आईतवार ०९:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,६ माघ। ‘लैंगिक हिंसा नियन्त्रण सञ्जाल’ जिल्ला प्रहरी बाँके अन्तर्गतको महिला तथा वालवालिका सेवा केन्द्रले शनिबार बनभोज कार्यक्रमको आयोजना गरेको छ।सेवा केन्द्रले वाल सञ्जाल लगायत समितमा रहेकाहरु महिलाहरु,बुद्दिजीबी सहितको टोलीलाई लिएर बनभोज गरेको थियो।
Advertisement
बनभोजबाट बचेको पैसाले बाँकेमा हिंसामा परेका वालवालिका लगायत महिलाको सहयोगार्थ एउटा छुट्टै आपतकालीन कोष खडा गरिने सेवा केन्द्रका अध्यक्ष एबम बाँके प्रहरी प्रमुख अरुण पौडेलले बताए।
आपतकालीन कोष खडा हुदा हिंसामा परेका जो कोही महिला तथा वालवालिकाको लागि सहयोग हुने हुदा नेपालगन्ज वडा नं ४ का अध्यक्ष मो. सफिक बेहनाले एक महिनाको आफ्नो तलब भत्ता समेत सहयोग गरेका छन्।
त्यस्तै भोलीका दिनमा समेत संस्थालाई यस्तै खाले सहयोग गर्न पछि नहटने अध्यक्ष बेहनाले बताए।
त्यस्तै महिला तथा वालवालिका सेवा केन्द्रको बनभोज कार्यक्रमलाई नेपालगन्ज वडा नं १७ का अध्यक्ष अजय पाठकले ब्यक्तिगत १० हजार, वडा नं १४ का अध्यक्ष ओमकार नाथ मिश्रले ५ हजार गरेका सहयोग गरेका थिए। त्यस्तै ब्यापारी जय बहादुर केसीले ५ हजार सहयोग गरेका छन् भने बनभोज कार्यक्रममा बिजय गुप्ताले आफ्नो तर्फ बाट गाडीको ब्यबस्थापन गरी सहयोग गरे भने खाना ब्यबस्थापनमा नेपालगन्ज वडा नं ४ का समाजसेबी मो. सलीम मुसलमानले सहयोग गरेका थिए।
बनभोज कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगर,प्रहरी उपरिक्ष अरुण पौडेल, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी, शशस्त्र प्रहरी ३० नं गण बाँकेका प्रमुख भेष बहादुर शाह, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश बहादुर सिंह, नेपालगन्ज वडा नं ४ का अध्यक्ष मो. सफिक बेहना, सेवा केन्द्रकी प्रमुख प्रसनी श्याम कुमारी पाईजा मगर, माइती नेपाल क्षत्रीय कार्यालय नेपालगन्जका प्रमुख केशब कोइराला, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुखका स्वकीय सचिब बिकास गौतम, सदस्यहरु पिँकी शाह, बिन्दु चर्ती मगर,सम्बाद समूहका अस्मिता शाह र ऋतू सिंह लगायत नेपालगन्ज नगर र जिल्ला वाल क्लबका सदस्यहरुको उपस्थित रहेको थियो।