नेपालगञ्जमा आजबाट घुम्ती शौचालय सञ्चालनमा
प्रकाशित मिति : २०७५, ९ माघ बुधबार १३:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ९ माघ । नेपालगञ्ज उप–महानगरपालिकाले बुधबार (आज) देखि घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रको अती व्यस्त ४ वटा स्थानमा रहने गरि उपमहानगरपालिकाले चारवटा घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो ।
Advertisement
५९ लाख लागतको सार्वजनिक शौचालय हाल नेपालगञ्ज बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चौक र त्रिभुवन चौंक नजीक राखिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल,प्रहरी उपरिक्षक अरुण पौडेलले रिवन काटेर संयुक्त उद्घाटन गर्नु भएपछि शौचालय गन्तव्य तर्फ परिचालन गरिएको थियो ।
नगर प्रमुख राणाले निरन्तरको प्रयासपछि सञ्चालनमा ल्याइएको घुम्ती शौचालयको सहज सञ्चालन, उपभोग र व्यवस्थापनमा सबैको साथको आवश्यक्ता औल्याउनु भयो। व्यस्त शहर नेपालगञ्जमा पर्याप्त सार्वजनिक शौचालय अभावमा भोग्नु परेको सास्तीलाई सम्वोधन गर्दै उपमहानगरपालिकाले घुम्ती शौचालय सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले जानकारी दिनु भयो ।
सहजै एक ठाउँबाट अर्को ठाउँ लैजान सकिने अत्याधुनिक शौचालयमा एकै पटक ८ जनाले प्रयोग गर्न मिल्ने र घुम्ती शौचालय सञ्चालनपछि सार्वजनिक शैचालयको अभावलाई कम गर्नुका साथै नगरको सरसफाईमा समेत मद्यत पुग्ने विश्वास गरिएको प्याकुरेलले बताउनु भयो । घुम्ती शौचालय सञ्चालन(तीन महिना)का लागि भ्याटसहित ७० हजारमा सरसफाईकर्मी भानु भट्टलाई जिम्मेवारी दिइएको छ । सञ्चालन खर्चको लागि उपभोक्तासँगै शौचालय उपभोग गरम ५ देखि १० रुपैया शुल्क लिइने भट्टले जानकारी दिनुभयो ।
बीपी चोकमा भएको सार्बजनिक शौचालय सुरुवात कार्यक्रममा नेपालगन्ज वडा नं ४ का अध्यक्ष मो.सफिक बेहना, वडा नं १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाह,वडा नं १ का अध्यक्ष प्रमोद रिजाल लगायतको उपस्थिति रहेको थियो।
आजबाट चार वटा सार्बजनिक शौचालय सञ्चालनमा आए पनि नेपालगञ्ज उपमहानगरपालिकाले सुर्खेत रोड नेपाल राष्ट्र बैंक अगाडी समेत अत्याधुनिक सार्बजनिक शौचालय निर्माण प्रकिया बढाईसकेको छ। निर्मानाधिण अत्याधुनिक सार्बजनिक शौचालयको अब चाडैनै काम सम्पन्न गर्ने तरिका द्रुतगतिमा काम भईरहेको छ।नेपालगन्जलाई सुन्दर र फोहरमुक्त बनाउनलाई उपमहानगरपालिकाले प्रत्येक हप्ता सरसफाई अभियान समेत चलाउँदै नगरभित्रका सबै नागरिकलाई फोहरमैला ब्यबस्थापन र सरसफाईमाँ बिशेष ध्यान दिन उपमहानगरपालिकाले अनुरोध समेत गरेको छ।