नेपालगन्जमा कुपोषणको एकिकृत ब्यबस्थापन तालिम सम्पन्न
प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार ११:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,११ माघ। नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई दुई दिने शिघ्र कुपोषणको एकिकृत ब्यबस्थापन सम्बन्धी तालिम दिईएको छ।
Advertisement
नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा यस नगर भित्र रहेका १९ जना स्वास्थ्यकर्मीहरुलाई उक्त तालिम दिएको प्रशिक्षक हरिहर तिवारीले बताउनु भयो।
बालबालिकामा हुने जटिल कुपोषण सम्बन्धी रोगका बारेमा स्वास्थ्यकर्मीलाई यास बारेमा तालिम दिईएको हो।
माघ ९ गते देखि १० गते सम्म भएको २ दिने तालिममा हेल्थ पोस्ट इन्चार्ज,नगर स्वास्थ्य प्रमुख,मेडिकल कलेज नेपालगन्जका ओटीसी प्रमुख लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य साखा प्रमुख केशब राज गौतम, स्वास्थ्य शाखाकै सह-संयोजक हरिहर तिवारी,जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जागेश्वर बस्नेत र सुआहाराकी पोषण अधिकृत रक्षा गिरीद्वारा दिईएको प्रशिक्षण कार्यक्रमको संयोजन स्वास्थ्य शाखाकै सि.अहेब अधिकृत बिनोद बिकले गर्नुभएको थियो।